AnonymousUser

Logout

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्। 

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।

सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नाबालिग बलात्कार आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ। 

ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेँ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन्।

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश  कार्की

कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताएका छन्।

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको बताएकी छन्।

‘अफ्रिकन स्वाइन फिभर’ले  धमाधम मर्दै बंगुर

‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।

८ दलको बैठकले गठन गर्‍यो पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल

बैठकले फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।

‘जनयुद्धका शहीद’लाई राष्ट्रिय शहीद घोषणा गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।

१४ सय वर्ष पुरानो स्वयम्भू विहारको अध्ययन थालियो

नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।

एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।

लोकवार्ता संरक्षणमा जोड

पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।

योजना आयोगले तोक्यो आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा

अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : प्रकाशशरण महत

कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।