AnonymousUser

Logout

कार्यविधि नबन्दा सञ्चालनमा आएन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र 

माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा देखिने गरी बनाइएको सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

उपत्यकाका स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी कार्यसम्पादन गरेमा उपत्यकाको अव्यवस्थित बसोबासीको समस्या समाधान हुने समितिको निष्कर्ष छ।

पाँचथरमा आगलागीमा परेर २ बालकको मृत्यु, तेह्रथुममा १४ घर पूर्णरूपमा क्षति

तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी हुँदा १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ।

भारतीय सेनाबाट फर्किएर कुखुरा र कालिजपालन

रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।” 

कायरोमा नेपाली मौलिक कला र संस्कृतिको प्रदर्शनी

नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेका छन्। 

काठमाडौँ महानगर थाल्यो फोहोरबाट कम्पोस्ट मल बनाउन

वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।

चक्रपथ विस्तारमा कस्ता छन् अवरोध?

चक्रपथको दोस्रो खण्ड विस्तारमा भएको प्रगति तथा अवरोधबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण पक्ष चिनियाँ टोलीले संयुक्त अनुगमन गरेको छ।

एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेट*

देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।

विकासले रोकेन बसाइँसराइ, रित्तियो लाहुरेको गाउँ ‘आर्थर डाँडाखर्क’ 

हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालको भनाइ छ।

बाँझो जग्गामा आलुको सामूहिक खेती

धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।

कोठा ३, कक्षा ६ : एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।

राष्ट्रपति–उपराष्ट्रपति उम्मेदवार बन्न के–के चाहिन्छ योग्यता?

जातीय भेदभाव तथा छुवाछूत वा बहुविवाहसम्बन्धी कसुरमा सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ। 

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १५५ कैदीबन्दी राखिएको छ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

नेता भण्डारीको उपचार भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ।

पछिल्लो ६ महिनामा वीरगञ्ज नाकाबाट भारत पुर्‍याइएका ५९ महिला र १४ बालबालिकाको उद्धार

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनालाई भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काइएको छ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानूनमा कस्तो संशोधन हुँदैछ?

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने तयारी गरेको छ।

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्नेगरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ।

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

भातको चाख छैन अहिले भातखाने डाँडामा

बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।

आफन्तले उपेक्षा गरेपछि ओडारको बास

छोराहरूको मृत्युपछि श्रीमतीले छाडेर गएको र आफन्तले उपेक्षा गरेको भन्दै बेनी–५ का राहुल विक ओडारमा बसिरहेका छन्।