AnonymousUser

Logout

कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।

गल्ती स्वीकार नगर्नेहरूसँग गठबन्धन हुन सक्दैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई २-२ लाख दिने

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।

भारतको विहार हुँदै विद्युत् निर्यात गर्न मोडालिटी बनाइँदै 

नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।

इशान र सविताको ‘मिल्दो विचार भाव’ प्रदर्शनी

कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।

उपराष्ट्रपतिको निर्वाचनमा कस–कसले हालेनन् मत

उपराष्ट्रपतिको निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न, परिणाम केहीबेरमा

बिहान १० देखि शुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो।

कृषि तथा वन विश्वविद्यालयका डिन दत्त निलम्बित 

जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो। 

नवलपरासी कारागारमा कोचाकोच कैदीबन्दी, सरुवा रोग फैलिने डर

नवलपरासी  जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ। 

गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलाइ

बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।  

स्ववियु निर्वाचन : बिहीबार रातिदेखि प्रचार–प्रसार रोक

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए।

काठमाडौँ महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाउने भएको छ। उनीहरूले वडामा आउने सेवाग्राहीलाई आवश्यक कानूनी परामर्श दिनेछन्।

दुई बर्से श्रम स्वीकृतिको प्रावधान हट्यो, अब सम्झौता अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई बर्से प्रावधान हटाएको छ।

सरकारद्वारा चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।

पोखरा विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून रहेको बताएको छ।

पाथीभरामा घट्यो बलिप्रथा, वन्यजन्तु संरक्षणमा सहयोग

प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।

गणित गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन ‘म्याथ पार्क’

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले गणित उद्यान निर्माण गरेको छ।

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

ठगी प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।