AnonymousUser

Logout

कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

पुनहिलमा पर्यटकको भीड

असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड, तराईमा बढ्यो महँगी

पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।

काठमाडौँ- ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।

तिहारमा प्रदर्शन हुँदै छन् यी चार फिल्म

तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शन हुने भएको हो।

बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

नेपाल–चीन सीमा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको फराकिलो अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।  

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्

चितवन- १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको विश्व पौडेललाई समर्थन

चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

सामाजिकरूपमा भिलेनलाई हेर्न दृष्टिकोण बदलिँदै गएको छ। भिलेनहरूले पनि दर्शकमाझ बलियो रूपमा परिचय स्थापित गर्न थालेका छन्।

चरित्रमा बाँच्ने विपीन

जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

रिमेश अधिकारीको निर्देशनमा बनेको ऐतिहासिक चलचित्र नालापानीलाई करछुट दिलाउन पहल शुरू गरिएको छ।

पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार

निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय पनि आयोगले गरेको छ।

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो

सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्था छैन।

स्रोतमै फोहोर वर्गीकरण : भएन कार्यान्वयन

काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

राउटे बस्तीमा दशैँको चटारो

देवी–देवताको पूजा गर्ने, दशैँलगायत चाडपर्व मनाउनेजस्ता हिन्दू संंस्कारप्रति राउटे समुदायको विश्वास छ। यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ।