AnonymousUser

Logout

दशैँभरिका लागि ''रुट परमिट'' हट्यो, गाडीहरू स्वैच्छिकरूपमा चल्न पाउने

सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।

चन्द्रागिरि नगरपालिकाबासीलाई डेंगी निःशुल्क परीक्षण तथा उपचारको सुविधा

चन्द्रागिरि नगरपालिकाले आफ्नागरबासीलाई डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको नगरप्रमुख घनश्याम गिरीको भनाइ छ।

चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

सरकारले चाडपर्वलाई लक्षित गरी आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न तयार छु : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले आफू समायोजित सेनाका माग पूरा गर्न तयार रहेको बताएका छन्। उनले चुनाव लड्न पाउनुपर्ने लगायत केही माग समायोजित सेनाका रहेको समेत बताए।

चोयाका पोशाक लगाउने भरीबहादुर

म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।

चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक

चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।

ओहायो इन्ट्रा कप फुटबल: एफसी युनाइटेड फाइनलमा

अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।

प्रदेशसभाको कार्यकाल कहिलेसम्म?

निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल देखिएको छ। खासगरी सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्योल देखिएको हाे।

नेपाली बाटो भएर कैलाश मानसरोवर जाने दर्शनार्थी बढे

तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।

कञ्चनपुरका बाढीपीडितको बास जंगलमा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरू जनजागरण सामुदायिक वनमा त्रिपाल टाँगेर ओत लागेर बस्ने गरेका छन्।

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको ''दोख'', ''पानीफोटो'' र ''प्रकाश'' बक्स अफिसमा जम्न सकेन।

नवौँ राष्ट्रिय खेलकुद सुरू हुन २० दिन बाँकी, तयारी तीव्र

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलकुदमा १० हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथि सहभागी हुनेछन्।

छाप्रोदेखि नमुना विद्यालयसम्म

भवनको अभावमा कुनै समय छाप्रोमा पठनपाठन गराएको बाग्लुङ निसीखोलाको प्रभा माध्यमिक विद्यालय अहिले जिल्लाकै नमुना बनेको छ।

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्

मनाङका विद्यालयमा आवश्यक संरचनाका साथै पर्याप्त शिक्षक भए पनि अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून छन्।

दक्षिणी पाकिस्तानमा डेंगीको प्रकोप बढ्दै, २७ को मृत्यु

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा डेंगी संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ भने तीन सय ५३ जना संक्रमित थपिएका छन्।

साढे सात वर्षपछि ठडियो क्षतिग्रस्त जय बागेश्वरी मन्दिर, यस्ताे छ इतिहास

भूकम्पले क्षतिग्रस्त बनेकाे जय बागेश्वरी मन्दिरकाे पुनःनिर्माण सकिएकाे छ। १९९० सालकाे भूकम्पमा समेत क्षतिग्रस्त भएकाे याे मन्दिर त्यतिबेला पनि पुनःनिर्माण गरिएकाे थियाे।

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

सम्मेलनले मुस्ताङ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय देशका सवाल र समाधानका उपायलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।

त्रिदेशीय सम्बन्ध र समझदारीमा जोड

माओवादी नेता देव गुरुङले भूराजनीतिक संवेदनशीलतालाई बुझेर छिमेकी देशहरूसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन्।

नेपालबाट ओस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

ओस्कर अवार्डका लागि नेपालबाट हाल प्रदर्शनमा रहेकाे चलचित्र 'ऐना झ्यालको पुतली' सिफारिसमा परेकाे छ।

बिजुली खोलाको परिचय बनाउँदै मोदी खोला

माेदी खाेलामा हालसम्म ३ वटा निर्माणसम्पन्न तथा ३ वटा निर्माणाधीन गरी ६ वटा जलविद्युत आयाेजनाहरू सञ्चालित छन्।