AnonymousUser

Logout

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

चलचित्र बाबरी प्रदर्शनमा आएको छ। मूलतः युवापुस्ताबिचको प्रेम सम्बन्धमा आधारित चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा धिरज नाडकर र अदिति बुढाथोकीको अभिनय छ।

कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचान गर्दै काठमाडौँ महानगर

फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

हवाई अडिट गर्न इयुको प्राविधिक टोली नेपाल आउँदै

नेपालको हवाई सुरक्षाको पुनरावलोकन गर्न युरोपियन युनियनको टोली नेपाल आउने भएको छ। युरोपेली आयोगले सन् २०१३ मा नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो।

बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक

दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।

‘जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण आवश्यक छ’

वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।

तीन वर्षदेखि थन्किएका बिजुली बस गुड्न थाले

दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।

चलचित्रमा नयाँ पुस्ताको आकर्षण

नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति उत्साहजनक देखिएको छ। पछिल्लो समय नेपाली सिनेमाप्रतिको आम बुझाइ पनि फेरिँदो छ।

त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन नपाइने

हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।

महोत्तरीमा २०२ जनाले मात्रै बुझाए चुनावी खर्च विवरण, ४ हजार बढीलाई जरिवाना

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि महोत्तरीमा ४ हजार ६२७ जनाले खर्च विवरण नबुझाएका हुन्। निर्वाचन आयोगले उनीहरूलाई जरिवाना गरेको छ।

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अमेरिकी ग्लोबल पब्लिक अफेयर्स मामिलामन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा भाग लिनेछिन्।

विदेश पलायन र बसाइँसराइले रित्तियो टोकरीगाउँ

गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।

पसाउने बेलाको धानमा ‘मेली बग’को समस्या

पसाउने बेलाको धानमा रोग लागेपछि तनहुँको म्याग्दे गाउँपालिका–७ का किसानहरू चिन्तित भएका छन्।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।

बडादशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजाराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै छ। ब्रह्मचारिणीको पूजा गर्दा ब्रह्मतत्व प्राप्त हुने धार्मिक विश्वास छ।

क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

क्वालालम्पुरस्थित नेपाली दूतावासमा घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने भएको छ।

४३औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँमा दोस्रोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मण्डला थिएटरमा आयोजना हुने महोत्सवले नाटक हेर्ने परम्परा बढाउने अपेक्षा गरिएको छ।

दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकास्थित रामतुलसी माविले नमूना विद्यालयका रूपमा पहिचान बनाएको छ।

साइपालका च्याङ्ग्रा पोखरामा

व्यापारीले दशैँ-तिहारमा साइपाल हिमालको फेदबाट भेडा, च्याङ्ग्रा पोखरा र काठमाडौँसम्म पुर्‍याउने गरेका छन्।