घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य छ।
सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।
आगलागीबाट मानवीय क्षति भएको छैन। सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ।
किसानले पुराना बगानको संरक्षणसँगै धमाधम नयाँ बिरुवा रोपिरहेका छन्। अन्य बालीको तुलनामा बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानहरू सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।
नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।
सामान्यतया: जहाज ‘टेकअप’ र ‘ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ। अलिकति पनि सन्तुलन तलमाथि हुदाँ जहाज ‘स्टल’ हुन्छ। दुर्घटनाको प्रकृति हेर्दा जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ।
नेपालमा ११८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्। कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए।
जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६२ वर्षीय रघुनाथ पौडेलको कृषिकर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा घाँसखेती। यसैबाट गाउँमा रमाइरहेको छ, पौडेल परिवार।
नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनी बजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ।
चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ।
गर्मी बढेसँगै त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको छ। त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू पनि छन्।
हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउन्ड गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशी प्रदेश बाट उता फर्किएको मौसमविद्ले बताएका छन्।
माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने अस्पतालले जनाएको छ। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।
पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटमा मनपाङ गाउँ पुगिन्छ। यहाँबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्ग, दमौली बजार तथा शुक्लागण्डकीका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ।
गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्र विद्यालय बिदा दिइएको नगरपालिकाले जनाएको छ।
पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।
संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।
पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।