AnonymousUser

Logout

नेपालगन्जमा बकर इदको रौनक

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ।

झापामा पोखरीमा डुबेर तेह्रथुमका दुई बालकको मृत्यु

तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरवासी

जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।

बाम्का आगलागी: पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।

सप्तरीमा डाँका समूहद्वारा लुटपाट, १ जनाको हत्या 

सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।

रामेछापमा मकैबालीमा फौजी किराको प्रकोप

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।

बागलुङको बुर्तिबाङ र कुश्मिसेरामा फोहोर व्यवस्थापनमा समस्या

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ र जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोरका कारण बजारक्षेत्र दुर्गन्धित बनेको छ। 

चितवनका किसानले पाएनन् चैते धानको समर्थन मूल्य

सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँमा बेच्न बाध्य भएका छन्।

अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

आज पनि यात्रुलाई सास्ती, सहमति भए पनि किन चलेनन् गाडी?

यातायात व्यवसायी र सरकारबीच सोमबार राति ६ बुँदे सहमति भए पनि आन्दोलन नरोकिँदा मंगलबार पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन्।

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

गण्डकी प्रदेशले ल्याएको निर्देशिका स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायी पनि आन्दोलन फिर्ता लिन सहमत भएका छन्।

जलथल जंगलका दुर्लभ वनस्पति र जीव लोप हुने खतरामा

६ हजार १०० हेक्टर क्षेत्रफलको जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो। 

तिंकरवासीलाई ६ महिनापछि घर फर्किन भारतीय भूमि र अनुमतिको भर

केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष: हीरक महोत्सव मनाइँदै  

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म हीरक महोत्सव मनाइँदै छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरू भएको किंवदन्ती छ।

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मात्रै सम्पन्न भएको छ।

मनसुन भित्रिएसँगै बाढीपहिरोको जोखिम

बिहीबार राति पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ।

माईखोलाको बाढी बस्ती पस्यो: सुगाबथानका २२ घर डुबानमा

मनसुन शुरू भएसँगै शुक्रबार राति भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन्।

सुदूरपश्चिमको समृद्धिको ढोका: महाकाली करिडोर

दार्चुलाको तिङ्‌करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

खुम्बु क्षेत्रमा ८ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

खुम्बु क्षेत्रमा लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याका कारण पर्यटकले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताउँछन्।