निजामती विधेयक संसदीय समितिबाट पारित भएको एक साता नबित्दै उच्च प्रशासकहरूले 'कुलिङ पिरियड'मा असहमति जनाउँदै त्यसलाई सच्याउन सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका नेताहरूसँग आग्रह गरिरहेका छन्।
मौलिक सभ्यता बोकेको यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।
पुरानै ठाउँमा अवतरण गर्ने र समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्।
चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्य रहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ।
तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो।
महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सीप हस्तान्तरण गरेका छन्।
अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।
पोखरीमा डुबेर कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मृत्यु भएको छ।
सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
हुरीले रुख ढल्दा डिलाशैनी-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। छाना उडाउँदा सिँगास-२ मैतडका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्।
बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।
झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।
२०७२ मंसिरयता रसुवागढी नाकाबाट साढे ६५ किलो सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।
साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।
प्रतिनिधि छनोटका विषयमा तरुण दलका दुई समूहबीच विवाद भएको थियो। सोही क्रममा उनीहरूमाथि खुकुरी प्रहार भएको हो।
लालझाडी गाउँपालिका–४ की वडासदस्य ८ डल्लीदेवी चौधरी भन्छिन्, “जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु।”
किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्।
कागबेनीमा मुक्तिनाथबाट बग्ने कागखोलाको धार अतिक्रमणमा पर्दा त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको स्थानीयको गुनासो छ।
चितवनका ४२ वर्षीय ती व्यक्तिले भतिजो र आफ्नै छोरीको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन्।