AnonymousUser

Logout

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।

कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेको थियो।

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

म्याग्दीको दोसल्ले गाउँबाट १ करोड ५० लाखभन्दा बढीको सुन्तला  बिक्री

बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन्। सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन्।

परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरू

संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।

व्यापार छाडेर टमाटरखेती, वार्षिक ५ लाखसम्म आम्दानी

सर्लाहीको उत्तरी क्षेत्रमा उत्पादित हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको छ। यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्।

आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।

किसानलाई किबीभन्दा अलैँचीबाट फाइदा

अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर अलैँचीको मूल्य प्रतिकिलो २ हजार ८०० भन्दा बढी छ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन तथा विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन यो दिवस मनाउँदै आइएको छ।

सालझण्डी–ढोरपाटन सडक: १४ वर्षमा ३० प्रतिशत काम

रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङलाई जोडेको छ।

हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि बागमती नदी देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

श्रमदानमार्फत तमोर नदीमा अस्थायी ‘मोटरेबल पुल’

तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छ। अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

धरानमा फस्टाउँदै सिद्राको व्यापार

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारीका पसल छन्। सिद्राका पारखी टाढा–टाढाबाट यहाँ किन्न आउँछन्। गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेको छ।

कर्णालीमा सडक विस्तारको गतिसँगै स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा नौ हजार ६८६ किलोमिटर सडक बनेको छ। गाउँ–गाउँमा सडक पुग्दा आफ्नो खेतबारीमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउनसमेत कर्णालीवासीलाई सहज भएको छ।

टीकापुर विमानस्थलमा नियमित हवाई उडान शुरू

काठमाडौँदेखि नेपालगन्जसम्म यति एयरलाइन्समार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए।

१२ वर्ष कतार बसेर फर्केका शर्मा कुखुरा पालनमा, मासिक डेढ लाख बचत

कुनै समय काम खोज्दै विदेश पलायन भएका उनी अहिले आफैँ अरुलाई रोजगारी दिइरहेका छन्।

तिनाउ पुलनजिकै जिप दुर्घटनामा ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य पाँच पटकसम्म म्याद थप भइसक्दा पनि पूरा भएको छैन।