AnonymousUser

Logout

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।

निरन्तर किन खुम्चिँदै छ टेलिकम सेवाप्रदायकको आम्दानी?

विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।

गाउँभरि केराखेती, बजारको अभाव

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।

१९ वर्षमा सिक्टा आयोजनाको प्रगति ४१ प्रतिशत, साढे ७ अर्बको लागत पुग्यो ५३ अर्ब

अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ।

२ प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ।

रोङमा ब्रान्डिङ गरेर तितेकरेलाको बिक्री

किसानले उत्पादन गरेको तितेकरेला गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यसको खेती पनि बढेको छ।

टिमाईको झोलुंगे पुल बन्यो नयाँ पर्यटकीय गन्तव्य

झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।

बाँकेका किसानले खाद्यलाई बेचे ११ करोडको धान

धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

शहीद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार

सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ।

पन्चेबाजा संरक्षणमा बागलुङका आमा समूह

युवाशक्ति पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्। 

जनवरी १ः नयाँ वर्ष २०२५ शुरू

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

गोलभेँडा बेचेर वार्षिक ७ लाख मुनाफा, १० जनालाई रोजगारी

घोराही–१२ हापुरका जयबहादुर रोकाले तीन बिघा जग्गा भाडामा लिएर गोलभेँडाखेती गरिरहेका छन्। गोलभेँडा बिक्रीका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ।

उत्तरगयाधाम: हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।

पहिले गाउँमा मात्रै गुन्जिने देउडा शहरमा पनि लोकप्रिय

कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू जम्मा भएर देउडा गाउँछन्।

थप एक नेपालीमा मंकीपक्स पुष्टि

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदीबाटै फर्किएका थिए।

अर्धवार्षिक समीक्षाअगावै काठमाडौँ महानगरले थाल्यो बजेट संशोधन प्रक्रिया

काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया शुरू गरेको छ। महानगरमा ५ महिनामा बजेट खर्च भने कुल विनियोजनको १६.१० प्रतिशत मात्र भएको छ।

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।

इलामको सल्लेरीगाउँमा पानीको हाहाकार

सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।

२७ वर्षदेखि नुनथलाडाँडामा चिया बेचिरहेकी विरस

दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।