AnonymousUser

Logout

२७ वर्षदेखि नुनथलाडाँडामा चिया बेचिरहेकी विरस

दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।

‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो


मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणासाथ शुक्रबारदेखि शुरू भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ।

कृषि र पशुपालनमा रमाउँदै भटियाटोलका दलित महिला 

भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।

दशगजा वारिपारि, पहेँलपुर तोरीबारी

गैरीगाउँका ३१ वर्षीय टीका चौधरीको परिवार हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घरखेत भारततिर परेको बताउँछन्।

करबाकेली पदमार्ग: फलामेडाँडामा बढ्दै पर्यटक

फलामेडाँडासहित म्याग्दी र पर्वतका पर्यटकीयस्थल समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा गन्तव्य हो।

माझीदाइका पीडा:  दिनभरि डुंगा खियायो, फर्किँदा रित्तै!

पुछिघाटका अधिकांश मानिसको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ।

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत सुन्तला बिक्री हुने गरेको भए पनि पछिल्ला वर्षमा भने किसानले आफ्नै ढंगले व्यापारीसँग कारोबार गर्ने गरेका छन्।

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।

एकै वडाका १२० परिवार व्यावसायिक कफी खेतीमा

कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्।

डेरी सञ्चालन गरेर मासिक ९० हजार कमाइ

सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना भएकाले घाम लागेपछि मात्रै ‘मर्निङ वाक’ उपयुक्त हुने सुझाव विज्ञहरूले दिएका छन्।

मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ

लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ। 

हिमपातले हुम्लामा हवाई उडान अवरुद्ध, जनजीवन प्रभावित

सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ। नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङमा कालिगड अभावकै कारण झिँगटीले छाएका घर लोप हुँदै गएका छन्। झिँगटी छानाको ठाउँ आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ।

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका विपन्न दलित परिवारको जीवतस्तर तरकारीखेतीबाट उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्।

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविलगायतको मंगलबारदेखि

सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

कम क्षेत्रफलमा थोरै लगानीले पंगास जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढिरहेको छ।

मनाङमा चिसोले पानी जम्यो तर परेन हिउँ

मनाङवासी हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँची खरिद गर्न व्यवसायी गाउँमै पुग्ने गरेका छन्।