AnonymousUser

Logout

युवा नहुँदा मुस्ताङको ठिनीमा मेला धान्नै मुस्किल

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रूपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ।

भाद्रकृष्ण औँसी, पितृ सम्मान दिवस मनाइँदै

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास गरिन्छ।

मुगुका किसानले थाले फुजी स्याउको व्यावसायिक उत्पादन

इकाई प्रमुख तेज विक्रम मल्लका अनुसार परम्परागत जातका स्याउका बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिन्छ।

ठेकेदारले काम नगर्दा राजविराज–छिन्नमस्ता सडकको बिजोग

सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेर पोखरी बनेको छ। ठाउँ–ठाउँमा भत्किएर पैदल हिँड्नसमेत सकिने अवस्था छैन।

जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्‍याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्। 

सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अरूसँग किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।

अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा १ पुरुष पक्राउ

टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

६८ लाखमा बनेको भ्यु टावर प्रयोगविहीन

कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।

रातोढुंगा सबस्टेसन: प्रसारण लाइन नबन्दा सञ्चालनमा ढिलाइ 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।

बागलुङमा विद्युत् अनियमित हुँदा मारमा उपभोक्ता

बागलुङमा दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचनाबिना विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्।

जुटले लगानीअनुसार मूल्य पाएन, किसानको आकर्षण घट्दै

कोशी प्रदेशमा ६ हजार ९०९ हेक्टर जमिनमा जुटखेती गरिन्छ। अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी हुने गरेको छ।

जहाँ हाटबजारमा पनि डेउडा गुन्जिन्छ

विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ।

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

परम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने धान नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, थुनियो बोक्सीखोला

थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए। 

दिक्तेलमा प्रांगारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्य

उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो।

मृत भेटिए सहकारीपीडित चतुर्वेदी

चतुर्वेदीले कान्ति भैरव बचत तथा ऋण सहकारीमा बचत गरेको २५ लाख रुपैयाँ फिर्ता नपाएको कान्ति भैरव पीडित संघर्ष समिति सदस्य राजेशकुमार विष्ट बताउँछन्।

तीन गुणा बढ्यो विद्युत् खपत

विद्युत‍्भार कटौती अन्त्य भई नियमित रूपमा आपूर्ति हुन थालेपछि विद्युत् खपतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।

म्याग्दीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति

पहिरोले सडकमा क्षति पुर्‍याएपछि बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।