स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्याउँदै आएको छ।
ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानव बस्तीतिर पसेर क्षति पुर्याउने गरेको विज्ञहरूको भनाइ छ।
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।
पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।
सुधार गर्न आवश्यक २८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन्। दातृ निकायले समेत लगानीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो।
२०५२ सालदेखि तरकारीखेती शुरू गरेकी बेदकोट– ७ मन्दिरपुरका उर्मिला डगौराले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।
बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ।
प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।
यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'
बाजामध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छाडेको छ। स्थानीय रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा संकट आएको बताए।
२०७८ असार २४ को पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबास टुंगो लागेको छैन। विद्यालय र सामुदायिक भवन हुँदै अहिले सानो चौरभित्र १८ परिवार बसिरहेका छन्।
निःसर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपांगता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन्।
हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले सम्भावित जोखिमबाट बचाउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो।
तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए।
पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै मानन्धर प्रथम भएका हुन्।
इँटाको छत रहेकाले पटक पटक इँटा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन्।
कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्।
कमजोर भू–बनोट, वनस्पतिविहीन नांगो र भिरालो जमिनका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसकेर बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्तन्छ। हिउँ हराउँदै गए कृषि र जनजीवनमा ठूलो असर पर्ने विज्ञ बताउँछन्।