शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।
बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।
सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।
पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्।
बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।
हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आइतबार थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र कामदार गरी चार जना बेपत्ता छन्।
बाढीले खुर्काेट बसपार्क डुबेको छ। रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ। धानबाली नष्ट भएको छ।
सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तीन दिनदेखिको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने बताए।
बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।
बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन भने मुस्किल छ।
कोशी प्रदेश र नगरपालिकाको साझेदारीमा गुम्बा निर्माण उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब २१ करोड लगानीमा निर्माण शुरू गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ।
मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान छ।
एशियाका दुई तिहाइ हिमाल पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।
पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।
धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।