AnonymousUser

Logout

डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, १२ घाइतेलाई धनगढी पठाइयो

घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेको प्रहरीले जनाएको छ।

भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन्।

डडेल्धुरामा रात्रिबस दुर्घटना, ४ जनाको मृत्यु

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्। 

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित : सेना

लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक छन्।

काठमाडौँमा बढ्न थाल्यो चिसो, २ सातामा ५ डिग्री घट्यो तापक्रम

काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेपछि चिसो महसुस हुन थालेको छ। काठमाडौँमा असोज १५ गतेयता करिब ५ डिग्री सेल्सियस तापक्रम घटेको छ।

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास शुरूआत गरेका हुन्।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

साढे तीन दशकअघि एक स्थानी मकै खान आएको ढेडु लखेट्दै जाँदा एकाएक पहराको बीचमा रहेको सानो प्वालभित्र पसेको थियो। त्यसपछि गुफा पत्ता लागेको थियो।

‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक

वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

कामकै लागि दशैँ बिर्सिएका ‘पर्यटक भरिया’

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।

पाइलट पढ्न गएका छोराको शव जब टीकाको अघिल्लो दिन आयो…

व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।

आफन्तकहाँ आश्रय लिएर दशैँ मनाउँदै छन् बाढीपहिरो पीडित 

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैँ मनाइरहेका छन्।

विपद्बाट अधिक मानवीय तथा भौतिक क्षति बेहोरेको काभ्रे

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन। 

आज दशैँको सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै

फूलपातीको दिन दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ।

दशैँमा नयाँ नोट नछाप्दा राज्यलाई झण्डै डेढ अर्ब फाइदा

गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब ४ अर्बमा सीमित भएको छ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु १२ जना घाइते

खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

कति जोखिमपूर्ण छ नागढुंगा–मुग्लिन सडकमा यात्रा?

एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्र्यानले सडक कतै धुलाम्मे छ। भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ।

चौकी डाँडामा अस्थायी सडक निर्माण गरी बीपी राजमार्ग एकतर्फी सञ्चालन

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।