AnonymousUser

Logout

प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ। 

मञ्जुरीबिना विवाह गरेका नाबालकमाथि बहुमुद्दा नचलाइने

महान्यायाधिवक्ता रमेश बडालले मन्जुरी नलिई विवाह गरेका बालकमाथि अधिक अपराधीकरण नहुने गरी बालविवाहको कसुरमा मात्र अनुसन्धान र अभियोजनको कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेकाे बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।

मिथिलाञ्चलमा जितिया पर्व: आजदेखि निर्जल उपवास शुरू

मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जंगलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ।

हिरासत कक्षबाट ८ थुनुवा फरार

थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएका हुन्।

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका छन्।

किन आवश्यक छ रेस्टुराँमा परिकार बनिरहेका अरिंगालको संरक्षण?

विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा जोड

राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

वर्षौंदेखि बाँझो रहेको जमिनमा बेसार फलाउँदै डोटीका ४ युवा

दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। 

सुनवलमा डेढ करोडभन्दा बढी लागतको पशु अस्पताल प्रयोगविहीन

ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।

मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन

मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको छ।

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभरि बालुवाको उरुङ

सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ।

प्राचीन सभ्यताको झल्को दिने ‘जोङ’ गुफा

भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्‍याङ छ।

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो

दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा

संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो।

बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य संघसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्।