अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।
अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ्याङ्तो गुरुङ बताउँछन्। १०४ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेका उनको भनाइ छ।
धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्। त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।
गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिका-१२ स्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।
काठमाडौँमा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।
छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।
चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।
लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुल ध्वस्त पारेको छ। पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ।
बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।
नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासी बर्खामा बाढीको चपेटामा पर्ने गरेका छन्। यस वर्ष बाढीले मानवीय क्षति नभए पनि २०० भन्दा बढी घर डुबाएको छ।
प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।
कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।
पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।
उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।
राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।
शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।
बाढी, पहिरोका कारण चाडबाडको मुखमा सर्वसाधारणको आवतजावत असहज बनेको छ। मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्का पछि मानवीय गतिविधि कति जिम्मेवार छन्?
शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।