भूकम्पले क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई हटाउन सम्पदा अभियन्ता र पुरातत्व विभागले दबाब दिए पनि नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। काठमाडौँ महानगरसँगको सहकार्यमा अब सो भवन भत्काइने भएको छ।
काठमाडौँको कोर क्षेत्रमा देखिने परम्परागत फल्चा कलात्मक काठ र दाची अप्पाबाट बनेका दुई तलासम्मका छन्। काठमाडौँ महानगरले त्यस्तै सामग्री राखेर फल्चाजस्तै संरचना बनाउने अभियान नै चलाएको छ।
राष्ट्रियसभामा दर्ता भएको चलचित्र विधेयक २०८१ ले निरंकुशताको धङधङी बोकेको भन्दै चलचित्रकर्मी र सरोकारवालाले विधेयकका प्रावधान हिजोभन्दा पनि अनुदार रहेको बताएका छन्।
चित्रकलामा आफ्नो जन्मथलो डोल्पोलाई उतारिरहेका छिरिङ त्यहाँको प्राकृतिक रङ क्यानभासमा निखार्न नसकेको बताउँछन्। डोल्पो गाढा रङ बोकेर बसेको छ, बसाइँ हिँडेकाहरूको स्मृतिमा त्यो भूगोल फिक्का बन्दैछ।
अभियन्ता, स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्मको ‘कुनै हालतमा छेडछाड गर्न नदिने’ घोषणापछि चोभार गल्छीमा गर्न लागिएको काम ‘होल्ड’ भएको छ। खासमा त्यहाँ के गर्न खोजिँदै थियो? यत्रो विवाद किन भयो?
नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ।
सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्याउँछ भन्नेबारे ‘हेरिटेज रिकभरी क्याम्पेन’मा विमर्श हुनेछ।
दुई वर्षअघि ह्युमपाइप बिछ्याएर पुरिएको खोलालाई गत चैतमा गोदावरी नगरपालिकाले खुला गर्ने निर्णय गरेको थियो। तर खोलै पुरेर बनाइएको सडकको आधा भागबाट मात्र ह्युमपाइप निकालिएको छ।
‘भूमि’ पात्रको भूमिका निर्वाह गर्दा पवित्रा खड्काले नागरिक र अनागरिकबीचको भिन्नतालाई गहिरो रूपमा महसुस गरिन्। यो भूमिकाले उनलाई आफ्नै कतिपय पूर्वाग्रहहरूलाई हटाउन समेत सहयोग गर्यो।
नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।
गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।
दैनिक जीवनका धेरै विषय आमाछोरीका साझा छन्। ९ महिना गर्भमा राखेर सिर्जना हुने नयाँ जीवन छोरी हो, तिनै छोरी पछि आमा बन्छिन्। महिनावारीदेखि प्रसव पीडासम्म उनीहरूका अनुभूति साझा छन्।
प्रायः जात्रामा पुरुषको बाहुल्यता र मुख्य भूमिका हुन्छ, महिला नाचगान र पूजामा सीमित देखिन्छन्। तर याक मिसायाः र नानी चायाः जस्ता जात्राले महिला सहभागिताको ऐतिहासिक परम्परालाई स्थापित गरेको छ।
सामाजिक सञ्जालमा महिलामाथि अभद्र ‘ट्रोल’ बनाउने, स्त्रीद्वेषी अभिव्यक्ति दिने र कमेन्ट गर्ने गतिविधि चलिरहेको छ। यस्ता गतिविधिबाट अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिक दलका नेतासमेत पीडित छन्।
भूकम्प गएको १० वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरमा पर्ने सम्पदा पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण भएका कतिपय सम्पदाको स्वरूप नै बदलिइएका छन्। किन अलमलियो काठमाडौँ महानगर, के थिए विवादका विषय?
चोरिएर विश्वका विभिन्न देशमा पुर्याइका मूर्ति र कलावस्तुमध्ये ६३ प्रतिशत अमेरिकाबाट फिर्ता आएका छन्। बाँकी बेलायत, चीन, भारतलगायत देशबाट फर्काइएका छन्। अमेरिकाबाटै किन फर्किन्छन् धेरै कलावस्तु?
पत्रिकाको पहिलो पृष्ठमा छापिने एउटा फोटो र टीभीको छोटो ‘टाइम स्लट’बाट जात्राले मिडियाको ‘फराकिलो सडक’को यात्रा गरिरहेको छ, अहिले फेसबुक पेज र युट्युबका लागि गतिलो कन्टेन्ट बनेको छ।
चार दशकअघि बुंगमतीको चैत्यबाट हराएका दुई वटा मूर्ति नेपाल फिर्ता आइसकेका छन्। ती मूर्ति चैत्यमै राख्ने चर्चा भएको ६ महिना भइसकेको छ, तर अझै उद्गम स्थल पुग्न सकेका छैनन्।
दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।
साढे दुई वर्षअघि टुकुचाको अतिक्रमण हटाउन डोजर चलाएको काठमाडौँ महानगर त्यसयता टुकुचा संरक्षणका लागि के गर्दै छ भन्ने त कतै देखिन्न। बरु महानगरले हटाएका टुकुचामाथिका संरचना फेरि दुरुस्त भइसकेका छन्।