नेपाली, भोजपुरी लगायतका अन्य राष्ट्रिय भाषासरह नेपाल भाषाको पनि गुगल अनुवाद हुने भएको छ। त्यसका लागि विश्वका विभिन्न भागमा बस्ने नेवार समुदायका प्रतिनिधिले तीन वर्ष मिहिनेत गरेका थिए।
नेवाः भोजका परिकारहरू खाजा सेटको रूपमा बजारीकृत भएसँगै यसको लोकप्रियता पनि फैलँदै छ। फास्टफुडको दुनियाँमा नेवाः खाजा स्वास्थ्य र स्वाद दुवै हिसाबले अब्बल भएको अध्येताहरूको ठम्याइ छ।
चार दशकअघि हराएको मूर्तिलाई नक्सालका स्थानीयले एक महिना लगाएर खोजबिन गरी कानूनी प्रमाण पुर्याएर छाउनी संग्रहालयबाट फिर्ता ल्याएका हुन्। अझै चार मूर्ति फिर्ता गर्न बाँकी छ।
काठमाडौँ महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यमाथि सम्पदा पुनर्निर्माणमा मनपरी गरेको आरोप मात्र लागेन, मुद्दा नै परेपछि तारेख धाइरहेका छन्। अहिलेका प्रमुख बालेन शाह पनि शाक्यकै बाटो पछ्याइरहेका छन्।
नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।
जग्गा प्लटिङका लागि गोदावरीमा फन्टे खोला पुरेर सडक बनाउँदा वर्षामा डुबानको समस्या हुन थालेको दुई वर्ष भयो। खोलामा हालिएको ह्युमपाइपको ढक्कन वर्षा लागेपछि खोलिँदा सडक र नजिकैको खेतमा तलाउ भएको छ।
बुद्धिराजले अनेकै गरे। व्यापारी भए, राजनीति गरे, सम्पदा पुनर्निर्माणमा होमिए। जता पनि नेतृत्व नै गरे। २०२७ सालमा ललितपुरका चर्चित वडाध्यक्ष उनी २०६१ सालमा मन्त्री भएयता राजनीतिबाट टाढिए।
पुनर्निर्माण हुने सत्तलको शैलीका विषयमा पुरातत्त्व विभाग र काठमाडौँ महानगरबीच मतभिन्नता देखिएको छ। महानगरले विभागको स्वीकृतिबिनै निर्माण शुरू गरेको छ।
३२ वर्षअघि हराएको मुकुण्डो हङकङका एक निजी संग्रहकर्तासँग भएको जानकारीमा आएको छ। लिलामका लागि राखिएको मुकुण्डो पहिचान भए पनि फिर्ता ल्याउन चुनौतीपूर्ण रहेको यसका जानकार बताउँछन्।
लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।
काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।
लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।
ललितपुरको गोदावरी नगरपालिकास्थित वज्रवाराही मन्दिरनजिकको धारामा पानी थाप्न जाने कतिपय महिलामाथि यौन दुर्व्यवहार भइरहेको छ। खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू हरेक दिन त्यहीँ जान बाध्य छन्।
ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।
साथीभाइ र समुदायमाझ आफ्नो लैंगिक पहिचान खुल्लाए पनि परिवारसँग यस विषयमा बहस गर्न नसकिरहेकाहरू परेडले व्यक्तिगत रूपमा ‘लिबरेटेड’ महसुस गराउने बताउँछन्।
पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।
फन्टेखोला पुरेर सडक बनाइ प्लटिङको अनुमति दिएको ललितपुरको गोदावरी नगरपालिकाले अख्तियारको पत्रपछि सार्वजनिक जग्गाको खोजी थाल्नुको साटो जग्गा व्यवसायीलाई नै सहज बनाइदिइरहेको छ।
तेस्रो पुस्तामा हस्तान्तरण भएको ‘जीतबहादुरको हलुवाइ पसल’ले पुरानो पुस्ताको सम्झनालाई ताजै राख्दा, आधुनिकीकरणसँगै पसलको साख कसरी जोगाउने भन्ने चिन्ता श्रीधरलाई छ।
वर्षा र सहकालको देवता रातो मत्स्येन्द्रनाथको मूतिलाई हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन रथमा राखेर पाटनका भित्री शहर परिक्रमा गराइन्छ। १४ सय वर्ष पुरानो मानिने यो जात्राका विश्रामस्थल आठ वटा छन्।
खानेपानीको समस्या हल गर्न गाउँमा दुई ‘डिप बोरिङ’ र एउटा ठूलो ट्यांकी बनाइयो। तर पिउन योग्य र पर्याप्त पानी नआउँदा सुक्न लागेको कुवामा निर्भर छन्, गोदावरीस्थित नमूनाबस्तीका बासिन्दा।