AnonymousUser

Logout

योमरी : पनौतीको किंवदन्तीदेखि रेस्टुरेन्टको मेन्युसम्म

किंवदन्तीअनुसार पनौतीबाट शुरू भएको योमरीले ‘स्टेपल फास्ट’को रूप लिइरहेको छ। बिहानको ब्रेकफास्टदेखि दिउँसोका खाजामा समेत उपयुक्त हुने योमरी नेवारी खाना पारखीको रोजाइमा पर्छ।

देवताको यात्रा...

पाटनमा मत्स्येन्द्रनाथलाई ‘बुहारी’ जसरी भित्र्याउने तयारी भइरहँदा, ६ महिना राखिएको बुंगमतीका स्थानीय भने ‘छोरी’ जसरी बिदाको तयारीमा छन्। दुई वटा मन्दिरमा राखिने मत्स्येन्द्रनाथ एक मात्र देवता हुन्।

२ करोड खर्च भइसकेको आयोजनाले पठाउने पानी नै दूषित, त्यसको पनि चर्को शुल्क

गोदावरीमा करिब २ करोड खर्च भइसकेको निर्माणाधीन आयोजनाबाट परीक्षण सञ्चालनका लागि पठाइएको पानी पिउन अयोग्य छ। यस्तो पानीको पनि दुई वर्षपछि एकमुष्ट बिल पठाइँदा उपभोक्ता हैरान छन्।

खुला लैनचौर खेलमैदानमा परिणत, अस्तित्व मेटिने चिन्ता

करिब २०० वर्षअघि बेलायती राजदूतावास स्थापना हुनुअघि नै लैनचौर खुला मैदान थियो। त्यो समयको विशाल लैनचौर मैदान अहिले खुम्चिएर फुटसल र बास्केट बल कोर्टमा सीमित छ।

निकोसेराको बस्तीः वर्षामा हनुमन्ते पस्छ तर मापदण्डले उठिबासको चिन्ता

सर्वोच्चले भदौमै हनुमन्तेको मापदण्ड जम्मा ४० मिटर हुने फैसला गर्‍यो, असोजमा बाढी पसेर निकोसेरा बस्ती डुबानमा पर्‍यो। यता मुख्य सडकको मापदण्ड १२ मिटर छ। स्थानीयलाई मुआब्जा नपाएर उठिबास हुने चिन्ता छ।

३८ वर्षअघि हराएको मरष्ठी जात्रा ब्युँताउन संघर्षरत चापागाउँवासी

करिब चार दशकअघि मूर्ति हराएपछि चापागाउँको मरष्ठी जात्रा रोकिएको थियो। त्यहाँका युवा जात्रा जोगाउन संरक्षण समिति बनाएर ३ वर्षदेखि संघर्षरत छन्।

पुर्ख्यौली व्यवसाय बनेका काठमाडौँका मिठाई पसल: रैथाने स्वाद, चाडपर्वमा भिडभाड

काठमाडौँका नेवारी मिठाई पसलमा चाडपर्वका बेला भिडभाड हुन्छ। अरू बेला पनि बिहान तथा दिउँसो हलुवा, स्वारी र मालपुवा खान ग्राहक पुगेकै हुन्छन्। यी पसलमा कस्ता मिठाई बन्छन्?

पुस्तक बजारः पुरस्कार पाए मात्र बिक्छन्!

कुनै पनि पुस्तकको सफलता र असफलताको निर्धारण बिक्रीले मात्र नगर्ने कतिपय लेखक र प्रकाशकको धारणा छ। तर ठूला पुरस्कार पाएकाबाहेक अन्य पुस्तक कम मात्र बिक्ने गुनासो किन बारम्बार सुनिन्छ?

नुवाकोटको तलेजु भवानीः मूर्ति बेपत्ता, मन्दिरमा पूजा यथावत्

तलेजु भवानीको मूर्ति दर्शन गर्न पुजारी, धामी र राष्ट्रप्रमुख गरी ६ जनाले पाउँछन्। हराएको मूर्ति कस्तो थियो स्थानीयलाई थाहा छैन। चोरिँदा खण्डित भएर छुटेको मूर्तिको खुट्टा २०७२ सालको भूकम्पपछि टहरोमा छ।

खुलामञ्चमा के बनाउँदैछ काठमाडौँ महानगर?

अहिले खुलामञ्चमा धमाधम निर्माणको काम भइरहको छ। खुलामञ्चलाई घाँसे मैदान बनाउन लागिएको काठमाडौँ महानगरले जनाए पनि अकुपाई टुँडिखेल अभियन्ताहरूले आशंका व्यक्त गरेका छन्।

प्रविधिले छाडेको डोबः कसरी हराए सीडी र डीभीडी?

कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?

विदेशको तोरीबाट खोकनाको तेल, युक्रेन युद्धले महँगियो

खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुर तथा चितवन, दाङलगायत ठाउँबाट तोरीको आयात हुन्छ तर देशभित्रको आयातले एकचौँथाइ माग मात्र धानिन्छ। विदेशबाट हुने आयातको भरमा कसरी उत्पादन भइरहेछ खोकनाको तेल?

लुकेका सम्पदासँग हराएको जीवन जोडिरहेका ‘मिस्टर थ्रिसिक्स्टीफाइभ’ 

३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।

स्वदेशी सिनेमाको विदेश सयर

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड विजेता ‘अल्टरनेटिभ’ फिल्म सिनेमा हलमा समेत रिलिज हुने थालेका छन्। यी फिल्म गुणस्तरीय हुँदाहुँदै पनि दर्शकलाई हलसम्म भित्र्याउन गर्नुपर्ने सकस भने यथावत् छ।

जग्गा व्यवसायीको ‘प्लटिङ’ले छेकिएको फन्टे खोला बस्तीमा

आले परिवारले तीन आनाको जग्गामा एकतले घर बनाएको थियो। अहिले त्यो घर बाढीले ल्याएको ढुंगामुढा र पानीले भरिएको छ भने विस्थापित उनीहरू छिमेकमा आश्रित छन्।

इन्द्रजात्राको उत्सवलाई सुरक्षित बनाउन १५ वर्षदेखि लागिपरेका गणपति

जात्राको अन्तर्य बुझ्ने उमेर भएसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका उनीसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनमा तल्लीन हुन्छन्।

शाम्बालाः लोकलाजको मूल्य कति?

टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।

प्रहरी कार्यालयमै कसरी क्षतिग्रस्त बनेर छाउनी संग्रहालय पुग्छन् मूर्ति?

विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।

वादेमा पहिलो पटक युवाले गुञ्जाए बुकि धाँ

बाजा खलका अगुवा स्वर्गीय तरिबाबु देशारलाई गुँलापर्वमा बुकि (स्तोत्र) पाठ गर्ने अन्तिम इच्छा थियो। उनका समकालीन साथी र युवाले यो सालको गुँलापर्वमा बुकि–बाजाले चापागाउँ (वादे) लाई गुल्जार बनाएका छन्।

टीकाभैरवदेखि लगनखेलसम्म आइपुग्ला त राजकुलो!

ललितपुर महानगर र गोदावरी नगरपालिकामा पर्ने राजकुलो पुनर्निर्माण प्रक्रियाबारे यी दुई स्थानीय तहबीच विवाद छ। राजकुलोलाई सांकेतिकरूपमा पाइपमार्फत ल्याउने ललितपुरको योजनामा गोदावरीका पदाधिकारी असहमत छन्।