AnonymousUser

Logout

कतारमा अल थानी खानदानको शासन : देश निर्माणदेखि सम्पन्नतासम्मको यात्रा

१७औँ शताब्दीको शुरूमा प्रवेश गरेको अल थानी समूहले कतारलाई नियन्त्रण गरी शासन थालेको थियो। पछि अटोमन र बेलायती साम्राज्यले पनि शासन गरे। बेलायतबाट स्वतन्त्रता पाएको ५३ वर्षमै कतारले कसरी तरक्की गर्‍यो?

पोर्चुगलमा आफ्नो जीवन चम्काउँदै अरूलाई उज्यालो छरिरहेकी दीपा

पोर्चुगलका नेपालीहरू दीपालाई विदेशमा छोटो समयै राम्रो प्रगति गर्ने महिलामा गन्छन्। कामदारको रूपमा युरोप छिरेर व्यवसायी बनेकी उनी समस्यामा परेका नेपालीहरूको उद्धारमा दिनरात नभनी खटिइरहेकी हुन्छिन्। 

आतंकवादी हमलाको डरले किन झस्किरहन्छ युरोप?

युरोपमा जारी च्याम्पियन्स लिग र यही वर्ष हुन गइरहेको पेरिस ओलम्पिकमा आतंकवादी हमला हुनसक्ने डरले युरोप त्रसित छ। किन यस्तो भयमा बाँचिरहेको छ युरोप?

म्यानपावर व्यवसायी र सरकारबीच सधैँ किचलो– श्रमिक कसले पठाउने?

इजरायल र दक्षिण कोरियामा कामदार पठाउन म्यानपावर व्यवसायीलाई दिने निर्णय कार्यान्वयनमा नगई सरकारले स्थगित गरेको छ। जर्मनी, जापानलगायत देशमा पनि कामदार पठाउन पाउनुपर्ने व्यवसायीले माग गरिरहेका छन्।

एशियाली कामदार खोजिरहेको क्रोएसियामा सीपबिना पुगेका श्रमिकले बिगार्दैछन् नेपालीको ‘इमेज’

भाषा र सीप नसिकी जानेहरूका कारण नेपाली कामदारको माग घट्दै गएको छ। रोजगारदाता कम्पनीले पनि सीपविहीन नेपाली कामदार नपरून् भनेर फिलिपिनी वा भारतीय नागरिकका लागि मात्र तोकेरै विज्ञापन गर्न थालेका छन्।

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।

विदेशको रोजगारीः ओछ्यान र सडकमै ज्यान गुमाउँदैछन् नेपाली

रोग देखिएकाबाहेक सुतेकै अवस्थामा ज्यान गुमाउनेको अवस्था झन् भयावह छ, जसलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। जो राति ओछ्यानमा त सुत्छन्, तर बिहान उठ्नै नसक्ने गरी अस्ताउँछन्। 

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

जर्मनीमा श्रमिक पठाउने समझदारी : पाँच महिनासम्म किन अलमलमा छ सरकार?

श्रमिकको अभाव झेलिरहेको जर्मनी नेपालबाट चाँडै कामदार पाउने आशामा छ। नेपाल र जर्मनीबीच त्यससम्बन्धी समझदारीमा हस्ताक्षर पनि भइसकेको छ। तर नेपाली श्रमिक किन जर्मनी जान पाइरहेका छैनन्?

एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव, नेपालले के सिक्ने?

यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।

पाकिस्तानको चुनावः इमरानलाई एआई र शरिफलाई सेनाको साथ, कसलाई कति राहत

शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्। 

कामदार लैजाने दक्षिण कोरियाले फैलाउँदैछ सांस्कृतिक प्रभाव, नेपालमा पनि ‘कोरिया नै कोरिया’

दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।

एआईले ‘जागिर खाइदिने’ विश्वव्यापी डर, नेपालमा पनि देखिन थाल्यो प्रभाव

एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।

नेपालीको नयाँ रोजगार ‘हब’ बन्नथालेको युरोपः अघिअघि ठगीको जालो

अहिलेसम्म सरकारले युरोपका ४० देशलाई वैदेशिक रोजगारका लागि खुला गर्दा ३ देशसँग मात्र श्रम सम्झौता छ। परिणाम जान खोज्ने ठगिने र गएका समस्यामा पर्ने भइरहेको छ। कसरी ठगिन्छन् ‘युरोप सपना’ बोकेकाहरू?

इजरायल–हमास युद्धमा हुथीको प्रवेशः अन्तर्राष्ट्रिय शान्ति व्यवस्थामा खलबल

लाल सागरमा सशस्त्र समूह हुथीको आक्रमणले सामुद्रिक व्यापारमा बाधा सिर्जना भएको छ। यसैबीच अमेरिका र बेलायतसहितको गठबन्धनले हुथीमाथि आक्रमण गर्दा विश्व शान्ति नै खलबलिने विज्ञहरूको भनाइ छ।

‘कन्सल्टेन्सी’को धन्दा: वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरिरहँदा कारबाही गर्नुपर्ने नियामक निकाय आफैँ कानूनी अलमलमा छन्।

इजरायलमा कामदार अभावः भारतलगायत देशले थाले पठाउन, नेपालको कोटा गुम्ने डर

करिब तीन महिनादेखि चलिरहेको हमास–इजरायल युद्धका कारण आकर्षक श्रम गन्तव्य देश इजरायमा नेपालले कामदार पठाउन रोकेको छ। तर भारतलगायत देशले धमाधम कामदार पठाउन थालेपछि नेपालको कोटा गुम्नसक्ने देखिएको छ।

कामको खोजीमा विदेशतिर बगिरहेको ‘युवा भेल’

नेपाली श्रमिकको रोजगार गन्तव्य खाडी र मलेसिया हुँदै अब जापान, कोरिया तथा युरोपतिर फैलिएको छ। विदेशी सेनामा अवैधानिक रूपमा भर्ती हुने र श्रम स्वीकृति नभएका देशमा जानेका कारण जोखिम पनि बढिरहेको छ।

रुसी सेनाको रक्षा कवच बन्दै नेपाली, ‘कन्ट्र्याक्ट आर्मी’का नाममा भर्ती

रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।

युक्रेनी सेनाको कब्जामा पर्दै रुसी सेनामा गएका नेपाली, प्रलोभनको पछि लाग्दा ज्यानै जोखिममा

रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।