नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।
बाबा वैद्यनाथ धाम र बेहडाबाबा दर्शनमा धाइरहनुभन्दा परराष्ट्रमन्त्री आरजु राणाले विपिन जोशीको ‘श्वास र आश’मा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ।
भुटानको पारो विमानस्थलबाट भारत हुँदै अनधिकृत रूपमा पूर्वी नेपालका शिविरमा आउने शरणार्थीको संख्या एक दर्जन नाघेको छ। सरकार भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने द्विविधामा परेको छ।
दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।
अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।
तेहरानमा रहेका नेपाली श्रमिकले तत्काल सुरक्षा स्थिति सहज भए पनि अवस्था बिग्रिँदै गएमा ‘घर फर्कन तयार रहेको’ बताएका छन्।
रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई?
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य राजनीतिक पात्र र तिनका परिवारसमेतको अमेरिकी भिसा तथा आवागमन प्रक्रिया ‘वाच लिस्ट’मा परेको छ।
नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।
जसको ३४ वर्षकै उमेरमा राज्य षडयन्त्रको बलबुतामा हत्या गरिएको थियो, त्यो व्यक्ति एउटा ‘ग्याङस्टार’ मात्रै थियो? पञ्चायती शासनविरुद्ध लागेको कारण उसविरुद्ध डरलाग्दो र घृणित उपमा जोडिएको थियो— दारासिङ!
अरुनसँगै अरू पाँच जना भुटानी शरणार्थी अमेरिकाबाट देशनिकालामा परेका थिए तर ती सबै अहिले सम्पर्कविहीन छन्।
अमेरिकाबाट देश निकालामा परेका भुटानी शरणार्थीको संख्या बढ्दो रहे पनि जम्मा ४ जना मात्रै नेपालका शरणार्थी शिविरमा आश्रित हुन आएका छन्। अरू कहाँ, कता छन् पत्तो छैन।
फेरि किन गरौँ, लाइसेन्स नवीकरण हुनै नसकेको नाथु कुरो? देशमा प्रधानमन्त्री ओलीकै स्याटलाइट–स्पेस हराएको चिन्तादेखि कोशीमा पानीजहाजको बहाव र रसुवातिर चुच्चे रेलको तिव्र गतिसम्मका विलुप्त विषय अनन्त छन्।
पर्यटक बनेरै भए पनि थातथलो छुन्छु भन्दा प्रतिबन्ध लगाइरहने गजबको मनोदशा छ भुटानसँग। यो ‘ग्रस नेसनल हिप्पोक्रेसी’ बोकेर विश्व रंगमञ्चलाई हँसाइरहेको भुटानका लागि ‘भूठान’ एउटा ऐना हो जो ऊ हेर्नै चाहँदैन।
‘कोरला नाका’ जम्मा एक दिनलाई खुल्यो, त्यो पनि काठमाडौँदेखि गृहमन्त्री लेखकलाई हेलिकप्टरमा ओसारेर। ठूलै होहल्ला भयो, तर सबै ‘देखाउने दाँत’ साबित भयो।
अदालतले शरणार्थी शिविरमा बसोबासको अनुमति दिए पनि ‘सहानुभूतिको यस्तो कूटनीतिले खासै अर्थ नराख्ने’, तर जहीँको नेपालीभाषी भए पनि दुःख पाउँदा नेपालले शरण दिनेछ भन्ने अवस्था आउन सक्ने विज्ञको धारणा छ।
अहिले घण्टी–नेता रवि लामिछानेको थुना प्रसंगमा आए पनि ‘तपाईंको अन्तिम इच्छा के छ?’ भनेर कसैले क. केशरलाई चीनको छिनाई मिन्जु युनिभर्सिटीमा एउटा पाठ पढिरहेका बेला सोधिसकेको रहेछ।
पूर्वी सीमाबाट नेपाल भित्रिएका चारजना भुटानी शरणार्थीका हकमा बिहीबार सर्वोच्च अदालतबाट आएको बन्दी प्रत्यक्षीकरण आदेशअनुसार अबको प्रक्रिया अघि बढ्ने भएको छ।
उँघ्दै–ब्युँतिँदै गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तीमा देश र देशवासीको हित खातिर आइन्दा यस्तो नभनिइदिउन्, “म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छु।”
“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता असममा ‘बिन्दु’ सुरु भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।”