‘हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता आसाममा ‘बिन्दु’ शुरू भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।’
‘जंगल फाँडेर, स्थानीयलाई उठिबास लगाएर गरिने एकोहोरो विकास हामी स्वीकार्दैनाैँ। यसबारेमा हुने कुनै पनि प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।’
अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीमध्ये धेरै आज बेपत्ता छन्। के ती ‘मान्छे’को हैसियतमा पनि थिएनन्, जसबारे सोधिखोजी गरिएकै छैन!
अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।
अमेरिकाबाट दुई चरणमा डिपोर्ट गरिएका १० शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो।
दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या शुरू भएको तीन दशकपछि पहिलोपटक भुटानले ‘आफ्नो नागरिक’ स्विकार्दै भुटान प्रवेशमा अनुमति दिएको छ।
डिसेम्बरमा अवैधानिक रूपमा क्यानडा र मेक्सिकोबाट भागेर अमेरिका पुगेका भुटानीका कारण अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरी नवीकरण गर्दै भुटानलाई रेड–लिस्टमा राखेको छ।
भुटानको चेम्गाङ जेलमा ३० वर्षयता थुनिएका ३२ राजबन्दीमध्ये तीन नेपालीभाषीलाई संयुक्त राष्ट्रसंघले मानव अधिकार हनन बेहोर्ने ‘प्रतिनिधि पात्र’ बनाएको छ।
कालीप्रसादको आफ्नै ढब छ, आफ्नै ‘पना’ र ‘पारा’ छ। राजतन्त्रको राज चलेको बेला ‘मुटुमाथि ढुंगा राखी’ र ‘झरेको पातझैँ भयो’ जस्ता गीतमा अर्थभन्दा बढी ‘अनर्थ’ भेटिनु स्वाभाविक थियो।
निर्देशक विनोद पौडेलले ‘ह्यापी–इन्डेक्स’भित्र ‘घर हराएको मान्छे’का श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किन्छ, ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन।’
लीलबहादुर भन्थे, ‘दुःख र गरिबीका कारण उज्यालो बाटो खोज्दै भागेर जो जहाँ पुगे पनि संघर्ष र नियति दुवै तावाबाट उफ्रेर भुंग्रोमा भनेझैँ मात्रै हुने रहेछ। यसकारण म केही कुरोमा पनि पछुतो मान्दिनँ।’
विशेषतः सन् २०१८ पछि शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, लुथरन जस्ता दातृ निकाय पनि काठमाडौँ केन्द्रित भएपछि शिविरमा बस्ने शरणार्थीलाई गाँस र बासकै कठिनाइ हुँदै आएको छ।
बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि पूरा भएको छैन। तर उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभ्याउन भने ‘दौडधुप’ शुरू भएको छ।
विद्यालय पाठ्यपुस्तकको आवश्यकताअनुसार व्याकरण र हिज्जे लेखेर दाम–नाम कमाउँदै आएका चूडामणि गौतम आफ्नो जीवनको उत्तरार्द्धमा भाषिक शुद्धतामा ‘खुट्टो काट्ने कि नकाट्ने’का अभियन्ताझैँ बने।
दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दा बढी गीत उनीबाट पाएका रहेछन्।
कहिले धर्म, कहिले जाति वा कहिले राष्ट्रवादको नाममा अपव्याख्या मिसाउँदै लेखक र लेखकीय धर्मको तेजोहरण गर्ने छुपेरुस्तम शक्ति यहाँ धेरै छन्।
अध्यादेश किन भन्ने जिज्ञासामा स्वयं प्रधानमन्त्री र गठबन्धन साझेदारसमेत ‘जवाफी’ बन्न सकेका छैनन्। राज्यपद्धतिको सिंगो विषयमा एमालेसचिव, सत्तापक्षीय सचेतक र कार्यकर्ताले मात्रै ‘पक्षपोषण’ गरिरहेका छन्।
उद्घाटन गरिएको एउटै भवनका तीन वटा तलामा स्वास्थ्यमन्त्री पौडेल, उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीसहितको नाम उल्लेख गरिएका तीनवटा शिलालेख राखिएको छ।
आखिर हिजोसम्म संरक्षण क्षेत्रमा रहेको भूभागलाई किन संरक्षण गर्नबाट हटाइयो, केबलकार बनाउन? विकास भनेको यसैगरी गरिने एकलकाँटे कुरा हो वा सर्वस्वीकार्य पद्धति?
मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’