आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास गरिन्छ।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।
मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको छ।
बाजा खलका अगुवा स्वर्गीय तरिबाबु देशारलाई गुँलापर्वमा बुकि (स्तोत्र) पाठ गर्ने अन्तिम इच्छा थियो। उनका समकालीन साथी र युवाले यो सालको गुँलापर्वमा बुकि–बाजाले चापागाउँ (वादे) लाई गुल्जार बनाएका छन्।
विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ।
चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।
परम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने धान नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।
पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको थापाले बताएका छन्।
आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो।
भाद्रकृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ।
यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ।
लेखक एनबी गिरीले संकलन गरेका त्यस्ता झण्डै एक सय नामको सूचिमा भूगोल र मानचित्रसँगको ठाडो हेराफेरी देख्न सकिन्छ। जस्तै, न्यौपाने बस्ती ‘डेछेन्लिङ्ग’ अनि काफ्लेटार ‘नोर्बुथाङ येन्चेन्फु’ बनेको छ।
उहिले मारीखोला र लुङरीखोलाबीच भयंकर लडाइँ भयो। लुङरीले जित्यो, मारी हार्यो। ‘मा’ भनेको हार्नु, ‘री’ पानी। अर्थात् हारेको पानी। क. अलपत्र त्यही मारीखोलाको ढुंगो भए, जस्तो पार्टीले नाम राखिदिएको थियो।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृंगारी त्यसभित्र पञ्च अन्न भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा सांस्कृतिक झाँकी, बाजागाजासहित काठमाडौँस्थित बौद्धमा मनाइएको छ।
बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिसमेत उजागर गर्ने चलन छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम हुने गरेको छ।