हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
काठमाडौँ महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यमाथि सम्पदा पुनर्निर्माणमा मनपरी गरेको आरोप मात्र लागेन, मुद्दा नै परेपछि तारेख धाइरहेका छन्। अहिलेका प्रमुख बालेन शाह पनि शाक्यकै बाटो पछ्याइरहेका छन्।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।
नेपथ्य छैटौँ पटक सांगीतिक प्रस्तुति दिन अमेरिका जान लागेको छ।
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।
विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्यमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।
नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।
जोशी ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ।
मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।
व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।
पुस्तक पढ्न पनि दिने उद्देश्यले महांकाल मन्दिर परिसरमा २०१८ सालमा खुलेको पसल एजुकेशनल इन्टरप्राइजेज त्यहाँबाट हटिसकेको छ। त्यहाँका पुस्तक अहिलेलाई सञ्चालक मोहन श्रेष्ठले आफ्नै घरमा थन्क्याएका छन्।
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।
स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका छन्।
जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ।
आफ्नो इष्टदेवको सम्मानमा हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै अन्न, फलफूल र पात सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा छ।
आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन, दर्शन तथा इतिहास अवगत गराउँछन्।
अध्यात्मको व्याख्यामा वेदान्त ठीक कि बौद्धदर्शन ठीक? त्यसको तर्क या व्याख्या खै? आध्यात्मिक हुनु भनेको वैराग्य धारण गर्नु या गृहस्थ त्याग्नु हो या सहचर्यामा पनि आध्यात्मिकता सम्भव छ?
चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ।