पुनर्निर्माण हुने सत्तलको शैलीका विषयमा पुरातत्त्व विभाग र काठमाडौँ महानगरबीच मतभिन्नता देखिएको छ। महानगरले विभागको स्वीकृतिबिनै निर्माण शुरू गरेको छ।
‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’
३२ वर्षअघि हराएको मुकुण्डो हङकङका एक निजी संग्रहकर्तासँग भएको जानकारीमा आएको छ। लिलामका लागि राखिएको मुकुण्डो पहिचान भए पनि फिर्ता ल्याउन चुनौतीपूर्ण रहेको यसका जानकार बताउँछन्।
नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ। सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ।
सावित्री मैनालीले गरेको विद्यावारिधि सोधका कारण एक हजार वर्षअघि राजा रुद्रदेवको पालामा लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिका गाताचित्रहरू नेपाल फर्काइए। ती सम्पदा राष्ट्रिय अभिलेखालयबाटै हराएका थिए।
लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।
डा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने प्रयास गरेका छन्।
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।
लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।
प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ वटा पुस्तकमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तक छनोट गरेको छ।
लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
‘वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त?’
हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।
ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।
आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ‘गाँती’ सार्वजनिक भएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।
हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’
'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।