AnonymousUser

Logout

नेवार समुदायमा लोकप्रिय धिमेबाजा, किन बजाइन्छ?

परम्परागत बाजा धिमेलाई ‘रणवाद्य’ पनि भनिन्छ। रणको अर्थ युद्ध र वाद्य भनेको बाजा हो। यसको ध्वनीले ठूलो भीड आइरहेको संकेत दिने हुँदा कुनै समय युद्धमा प्रतिपक्षी तर्साउन पनि धिमेको प्रयोग हुन्थ्यो।

मण्डला थिएटरमा ‘टिकट टु हलिउड’

सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।

घाटुनाच संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ। 

पोखरामा सिनेमा हलको ६४ बर्षे यात्राः अझै छ त्यो ‘ऐतिहासिक’ घर

पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ। 

आज रामनवमी पर्व मनाइँदै, राम मन्दिरमा भक्तजनको घुइँचो

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी रामनवमी पर्व मनाउँदै छन्।

चैतेदशैँ: बागलुङ कालिकामा भक्तजनको घुइँचो

चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ मेला आयोजना गरिएको हो।

चैतेदशैँ मनाइँदै, गण्डकीमा सार्वजनिक बिदा 

चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

विश्व कला दिवसः नेपाली कला बजारकै चिन्ता

बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ? भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन्।

सिन्दूरजात्रामा रंगिएको मध्यपुरथिमी (तस्वीरहरू)

यो जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्। 

काठमाडौँका सार्वजनिक स्थानमा मौलिक भित्तेचित्र 

चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।

मधेशमा जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। 

रोल्पाली क्रान्तिको ज्वार साउदीमा अन्त्य

प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्।

भक्तपुरका विभिन्न स्थानमा जात्रा हेर्नेको भीड

सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।

वादे बुकि धाँ बजाउने नयाँ पुस्ता थिएनन्, पुस्तान्तरण गरेरै अस्ताए तरिबाबु

तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।

नेपालगन्जमा सामूहिक नमाज पढेर मनाइँदै इद

बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।

इस्लाम धर्मावलम्बीले इद मनाउँदै, देशभर सार्वजनिक बिदा

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।

बिस्का जात्रामा भैरवको रथ भाँचियो

जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।

भक्तपुरमा बिस्का जात्रा शुरू, भैरवको रथमा पूजा गर्नेको भिड 

सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।

पाटनको एकल घोडेजात्रा : परम्परा जगेर्ना गर्न निरन्तरता

परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदानका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।