AnonymousUser

Logout

घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला पनि प्रदर्शन गर्दैछ।

ट्याटु मोह : अमेरिकादेखि थाइल्यान्डसम्मका आर्टिस्ट ललितपुरमा (तस्वीरहरू)

ललितपुरमा नेपालसहित अमेरिका, अस्ट्रेलियादेखि थाइल्यान्डसम्मका ट्याटु आर्टिस्ट जम्माका भएका थिए। महिला ट्याटु आर्टिस्ट मात्र होइन ट्याटु खोपाउने पनि अधिकांश महिला नै दखिन्थे।

सम्पदालाई केले जीवन्त राख्छ?

आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।

जेबी दर्लामीको कृति ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।

‘आदिवासी गोर्खा सैनिकहरूलाई हिन्दूकरण गरियो’

‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’

पोखराबाट हराउँदै छन् मौलिक संस्कृति झल्काउने चौतारो

पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।

कीचक वध उत्खनन:  २ हजार २०० वर्ष पुरानो भवनको संरचना भेटियो

पुरातत्त्व विभागले कीचक वधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यस पटकको उत्खनन सातौँ हो।

कलामार्फत अनित्यताको खोजी (तस्वीरहरू)

लिच्छवि हाउसमा ‘अनिच्चः परिवर्तन, जीवन, संसार’ विषयवस्तुमा आधारित प्रदर्शनी गरिएको छ। क्यानडेली कलाकार क्रोद्वारा क्युरेट प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकैठाउँमा जमघट गरायो।

हेमन्त खतिवडाको हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ बजारमा

पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ। 

माइकल चेकव पद्धतिबारे कार्यशाला चैत १७ देखि, २० जना रंगकर्मी सहभागी हुने

रंगकर्मी र प्रशिक्षकलक्षित कार्यशाला रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको हो।  चैत्र १७ देखि २६ सम्म हुने कार्यशालामा २० जना रंगकर्मीहरूको सहभागिता रहनेछ।

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका महिलाहरू

हिजोआज पुरुषले नै बाजा बजाउन छोडेपछि 'देउरालीचोक आमा समूह'को अग्रसरतामा महिलाहरू बाजा बजाउन सिकिरहेका छन्।

मधेश प्रदेशका सभामुख मण्डल ‘महामूर्ख’

सोमबार जनकपुरधामस्थित राममन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।

परम्परागतरूपमा होली मनाउँदै कञ्चनपुरका थारू समुदाय

होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने थारू समुदायमा विश्वास रहेको छ।

पाल्पाको बेग्लै होली: लालपाटीमा रंग लगाएर मनाइयो

पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ।

पहाडी क्षेत्रमा मनाइँदै होली, अनुमतिबिना रङ लगाए कारबाही

होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ।

बादलमा चाँदीको घेरा ‘महाजात्रा’

पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।

रूपरङ खलबलिएको चाँगुनारायण (तस्वीर कथा)

भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।

राना थारू समुदायको पृथक् होली

परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।

यो वर्षको 'व्यथित काव्य सम्मान' ठाकुर बेलबासे र खेमनाथ दाहाललाई

ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।

साहित्यकार परशु प्रधानको निधन

प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।