AnonymousUser

Logout

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट कविलाई पुरस्कार प्रदान

राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका छन्।

फर्पिङ जलविद्युत्‌को ऐतिहासिक संरचना भग्नावशेष, कहिले बन्छ संग्रहालय? (भिडियो कथा)

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको फर्पिङस्थित चन्द्रज्योति जलविद्युत् बन्द भएको चार दशकभन्दा बढी भयो। यहाँका सामग्री संरक्षण हुन नसक्दा जीर्ण भएर इतिहास हराउने अवस्था भएको छ।

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ। 

बीपी साहित्य महोत्सव भदौ २४–२६ सम्म, ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनी हुने

महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ। 

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित

लेखक प्रज्वलले दक्षिण एशियाली क्षेत्रमा विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्। 

‘गिद्ध भएन भने महामारी फैलिन्छ’

'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'

‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्। 

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।

देउडामय शिवधाम, एकसाथ नाच्छन् ३ पुस्ता

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।

३५ कलाकार पुरस्कृत, गिरी र श्रेष्ठलाई दीर्घ साधना

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ। 

नेपाली भाषाप्रति प्रज्ञा प्रतिष्ठान नेतृत्वको द्रोहभाव देखियोः प्रा. जगत् उपाध्याय

'अहिलेका पदाधिकारीहरूसँग हाम्रो व्यक्तिगत दुस्मनी छैन। हाम्रो उत्तराधिकारीका रूपमा उहाँहरू आउनुभएको हो। ऐनअनुसार उत्तराधिकारीका रूपमा आइसकेपछि कुनै पनि संस्थाको अविछिन्न नेतृत्व मानिन्छ।'

गौरा पर्व मनाइँदै

गौरालाई मध्य र सुदूरपश्चिमका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्लो समय काठमाडौँलगायत अन्य स्थानमा पनि यो पर्व मनाउन थालिएको छ। 

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको समापन हुँदै, चारै ढोका खुला

डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ। 

बेनीमा शुरू भयो परम्परागत ‘बर्खेनाच’, तिजसम्म प्रदर्शन हुने

नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।

पुराना गीतसंगीतको 'डिजिटल' संग्रहालय अर्थात् नेपाल म्युजिक आर्काइभ (भिडियो कथा)

कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री गरिन्थ्यो। अहिले ती क्यासेट र क्यासेट प्लेयर दुर्लभ छन्। यसरी रेकर्ड गरिएका गीतसंगीत हराउन नदिन नेपाल म्युजिक आर्काइभले डिजिटल संग्रहालय तयार गरिरहेको छ।