AnonymousUser

Logout

पोखरा महानगरका ११० कर्मचारीको स्थायी नियुक्ति बदर

उच्च अदालत पोखराले पोखरा महानगरपालिकाका ११० कर्मचारीको स्थायी नियुक्ति बदर गरिदिएको छ।

शंखरापुर दुर्घटना: २७ जना घाइते डिस्चार्ज, चालक पक्राउ

दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्धका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो।

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत जारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। 

नख्खुडोल पुल मर्मत नहुँदा जोखिमपूर्ण यात्रा [तस्वीरहरू]

ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो। 

२४ वर्षपछि स्तरोन्नति हुँदै बागलुङ–सिगाना सडक

बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्।

विश्व रेडियो दिवस मनाइँदै

सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसंघीय महासभाले त्यसलाई सन् २०१२ मा अनुमोदन गरेपछि मनाउन थालिएको हो।  

मलेसियाबाट छोरीको शव झिकाउन भौँतारिरहेकी ७० वर्षीया आमा

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको छैन। छोरीको शव ल्याउन उनी १० महिनायता वडा र नगरपालिका धाइरहेकी छन्। 

आगलागीमा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

काठमाडाैँको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दुर्घटनामा घाइते भएका ४३ जनामध्ये अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्। 

विद्युत् प्राधिकरणले तार भूमिगत गर्न 'ड्रिलिङ' गर्दा खानेपानीको पाइप फुटेको केयूकेएलको भनाइ

'पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ। हालसम्म पानी बग्न भने रोकिएको छैन।'

बालमन्दिर जग्गा प्रकरणमा मुद्दा नचलाउने सरकारको तयारी

बालमन्दिर जग्गा लिज प्रकरणमा मुद्दा नचलाउने रायसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदन तहगत हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ।

बबरमहल क्षेत्रमा ढल फुटेर सडक अवरुद्ध

बानेश्वरबाट माइतीघरतर्फ आउने लेनमा गाडी गुड्न सकेका छैनन्।

निकास नहुँदा वीरगन्जको २०० बिघा खेतीयोग्य जमिन डुबानमा

वीरगन्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ को खेतीयोग्य जमिन डुबानमा परेको हो। वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन्। किसानले बाली लगाउन पाएका छैनन्।

महोत्तरी गौशालाका गाईलाई आहारा अभाव

गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।

रुकुम पूर्वमा खुकुरी प्रहार गरी २ जनाको हत्या, आरोपितको खोलामा शव फेला

रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।

पश्चिम नवलपरासीमा ५० खानेपानी योजना वर्षौंदेखि अलपत्र

पश्चिम नवलपरासीमा निर्माण शुरू भएका ५० वटा खानेपानी योजना वर्षौंदेखि अधुरै रहँदा स्थानीय आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य छन्।

‘भूमिसम्बन्धी अध्यादेश’को सीमारहित प्रत्यायोजनले राजनैतिक नियतमाथि प्रश्न उठायो : टीआई

‘भूमिसम्बन्धी अध्यादेश’लाई सरकारले सीमारहित रूपमा प्रत्यायोजन गरेको, जसले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनैतिक नियतमाथि प्रश्न उठाएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), नेपालको भनाइ छ।

गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न रोक

गोसाइँकुण्ड क्षेत्रको संरक्षण र सम्भावित दुर्घटना रोक्न पानी जमेका तालतलैयामाथि हिँड्न प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।

सबैभन्दा कम भ्रष्टाचार हुने देश डेनमार्क, नेपाल १०७औँ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको छ।

प्रतिनिधिसभाको बैठक पुनः शुरू, समय व्यवस्थापनको असमझदारीबारे अध्ययन हुने

सभामुख देवेन्द्र घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि प्रतिनिधिसभाको बैठक शुरू भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।