बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले कलंकीबाट एक जना भियतनामी नागरिकलाई पक्राउ गरेको छ।
डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्नुका साथै वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नास हुन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयले जनाएको छ।
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटार सडकमा पल्टिएको थियो।
बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। गत असारयता काम ठप्प छ।
बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति दिएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
आगलागीको कारण पनि यकिन भएको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन।
घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।
जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन।
हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन्।
बालयौन दुरुपयोगको आरोपमा दोषि ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले शुक्रबार सजाय सुनाएको हो।
संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ।
दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द गर्ने भएको छ।
सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जंगली हात्ती (मकुना)को मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरेको छ।
‘जलनका कारण छन्– आगो, रासायनिक, विद्युतीय, ग्यास, तेजाब आदि। यसमा सबैभन्दा बढी खुला आगो हो। तर मिडियामा बिक्री हुने आधारमा तेजाब आक्रमणलाई सबैभन्दा चर्चामा ल्याइएको छ।’
राष्ट्रियसभा सदस्यले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।