AnonymousUser

Logout

हमासले रिहा गर्‍यो थप ३ इजरायली बन्धक

इजरायल र हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदानमा तीन इजरायली पुरुष शनिबार रिहा भएका छन्।

कर्णालीका ५० स्थानीय तहलाई ८० प्रतिशत अनुदान

संशोधन गरिएको कार्यविधिअनुसार अब कर्णालीका ५० वटा स्थानीय तहले ८० प्रतिशतसम्म समपूरक अनुदान पाउने भएका छन्।

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका बाढीपीडित

बाढीले घरखेत बगाएपछि चनौटे नयाँबस्तीका स्थानीय घरबारविहीन भएका छन्। उनीहरू पालिकाले दिएको त्रिपाल, खाद्यान्न र कम्बललगायतको साहरामा दिन बिताउँदै आएका छन्।

यसरी बन्दैछ सूर्यविनायक–धुलिखेल ६ लेन सडक [तस्वीरहरू]

सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। साँगा क्षेत्रमा ठूलो घुम्ती र भिर भएकाले काम गर्न केही अप्ठ्यारो भएको आयोजनाले जनाएको छ।

नवलपरासीमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन

गाउँपालिकाले सरकारी बजेटबाट व्यक्तिगत जग्गामा हाटबजार भवन निर्माण गरेपछि समस्या भएको हो। त्यहाँ व्यापारीहरूले बजार लगाउन मानिरहेका छैनन्।

क्रिप्टोकरेन्सीको संगठित कारोबारको आरोपमा भारतीय नागरिकसहित ७ जना पक्राउ

संगठित रूपमा ठगी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सीआईबीको टोलीले सात जनालाई पक्राउ गरिएको छ। डिजिटल फरेन्सिक रिपोर्टअनुसार उनीहरूले तीन अर्बभन्दा बढी रकम ठगी गरेका छन्।

तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ जना घाइते

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको चिरीबाबुको दाबी

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्तीमा १८ र धोबीघाटमा ३२ जनालेले ज्यान गुमाएको दाबी गरेका छन्।

सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान, तर पनि लगाउँदैनन् नेपाली

निजी सवारीसँगै सार्वजनिक सवारीमा पनि साना गाडी बढिरहँदा दुर्घटना भइहाले मृत्यु वा गम्भीर चोटपटकबाट जोगाउने सिट बेल्ट भने ट्राफिकको आँखा छल्न मात्र लगाइन्छ। आफ्नै सुरक्षामा किन बेपरवाह छन् नेपाली?

सक्खर बनाउन व्यस्त छन् पिप्लेबेँसीका किसान

२०३८ सालमा स्थानीय किसान मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सक्खर बनाउँछन्।

ओझेलमा कञ्चनपुरको सुनदेवी ताल

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ। तर यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन।

नवलपरासीमा लागुऔषध नियन्त्रण लिन गोली प्रहार, १ जना घाइते

बिहीबार राति रामग्राम नगरपालिका–१२ पचगाँवास्थित राजेश लोनियाको घरबाट लागुऔषध ब्राउनसुगर नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ।

तनहुँ र पाल्पा जोड्ने कृष्णमार्ग ८ वर्षदेखि अलपत्र

नाला बनाउने, ट्राफिक संकेत राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्दा हालेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कमलबजार नगरपालिका–१ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

नाम्चेमा हावाहुरीले उडायो घरको छाना

सोलुखुम्बुको नाम्चेबजारमा बिहीबार हावाहुरीले घरको छाना उडाएको छ।

ओखलढुंगामा जिप दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

साढे ३३ किलो सुन काण्डः भित्र, बाहिर जे भयो 

सात वर्ष अघिको साढे ३३ किलो सुन काण्डमा भएको ठूलो तामझामसहितको धरपकड र अनुसन्धान ‘हात्ती आयो फुस्सा’ यत्तिकै बनेको होइन। काण्डभित्रका नखुलेका पाटो र बाटो बिराएको अनुसन्धानको फेहरिस्तः

सिरहामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु   

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो। 

शहीद दिवस मनाइँदै, देशभर विभिन्न कार्यक्रम

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।

पाथीभरामा केबलकार निर्माण विवाद: घाइतेको उपचार सरकारले गर्ने, असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

गृह मन्त्रालयले पाथीभरामा केबलकार निर्माण विवादलाई शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्‍याउन अनुरोध गरिएको छ भने कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।