असनको एक घरमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले बिहीबार कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवासम्बन्धी मुद्दा पुनरवलोकनका लागि ‘अनुमति हुने’ आदेश दिएको छ।
सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवमाथि पनि आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान शुरू गरिएको सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
मधेश प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक सच्याउन सत्ता र प्रतिपक्षी दलका सांसदले माग गरेका छन्।
कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट पेस्तोलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौँ लिटर पानी खेर गइरहेको महाबौद्ध क्षेत्रका स्थानीय बताउँछन्।
खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागिरहेको छ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। पहिलो दिन शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ।
सूर्यविनायक–धुलिखेल ७.५ किमी सडक विस्तारका लागि कुल ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको छ।
यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।
असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।
गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।
राैतहटको सीमा क्षेत्रमा नक्कली पेस्तोल देखाएर नेपालीसँग रकम असुली गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।
पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।
नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको छ।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।
स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।
सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।