दुर्घटनापछि प्रहरीले गरेका अनुसन्धानले चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सडकको दुरावस्था, यान्त्रिक गडबडी प्रमुख कारण औँल्याएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइँदै छ।
सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र परेको छ। चार वर्षमा सक्ने सम्झौता भएको पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ।
९४ वर्षीय दीर्घबाहुको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल उराठलाग्दा छन्। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।
वि.स. २०३७ सालमा निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार पनि जीर्ण भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ।
आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन कम चलेका छन्। ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्।
भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।
बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।
हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार इजरायल र कतारका मन्त्रीसँग फोनवार्ता गरेकी छन्।
संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ।
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको स्वामित्वमा आए पनि कुन प्रयोजनमा लगाउने भन्नेबारे सरकारले योजना बनाएको छैन। त्यहाँ अहिले चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालनमा छ।