मगर समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा धूमधामसाथ मनाउँछन्। यस पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ।
१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।
नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको छ।
मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनर्निर्माण र पुनर्स्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मकवानपुर प्रहरीले अफिम, चरेस र गाँजासहित दुई भारतीय र एक नेपाली नागरिक गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।
अख्तियारले विशेष अदालतमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध चार करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरेका छन्।
प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ।