AnonymousUser

Logout

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्दै, यस्तो छ संसद्‍मा लैजान लागिएको विधेयक

वर्षौंदेखि उठिरहेको, मुलुक संघीयतामा गएपछि बहस तीव्र बनेको प्रहरी ऐन संशोधन प्रक्रिया बल्ल अघि बढेको छ। संसद्‍मा दर्ता हुन तयार प्रहरी विधेयकमा ३० वर्षे सेवा अवधि हटाउनेलगायत अरू के–के व्यवस्था छन्?

रविसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश

उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको छ। 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगेको आरोपमा ३ जना पक्राउ

बागलुङ ताराखोला गाउँपालिका–३ का  तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियार पक्राउ परेका छन्।

तनहुँमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मंगलबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण: सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ।

चौधरी ग्रुपबाट फिर्ता ल्याइएको जग्गा: गंगालाल अस्पताल भन्छ– हामीलाई देऊ, वडाको बेग्लै ‘लबिइङ’

चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा सरकारकै स्वामित्वमा आएपछि जग्गा अभावमा सेवा बिस्तार गर्न नसकेको गंगालाल अस्पताल त्यो जग्गा पाउने आशामा छ। तर वडा कार्यालयले अर्कै ‘लबिइङ’ गरिरहेछ। 

सडकको दुरावस्थाले पहाडी क्षेत्रमा जान मान्दैनन् एम्बुलेन्स चालक

ठाउँ–ठाउँमा भत्किएर ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा जोखिमपूर्ण अवस्थामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ।

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री र इजिप्टका विदेशमन्त्रीबीच फोनवार्ता

हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका बारेमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिबीच फोनवार्ता भएको छ।

बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको साबिक आदर्श गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झापामा अटोरिक्सा र जिप ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

बागमतीमा १३७ सहकारीविरुद्ध उजुरी, ८० वटालाई कारबाही गर्न प्रहरीमा पत्राचार

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि बोलाउँदा नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको रजिस्ट्रार राजन पोखरेलको भनाइ छ।

सिंगो बस्ती नै शौचालयविहीन

देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन छ।

कुवेतमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन दूतावासको आग्रह

कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ।

विपिन सकुशल घर फर्किने आशामा परिवार

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। तर त्यस सूचीमा भने विपिनको नाम समावेश छैन।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशसभा : युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता

बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ प्रतिवादीविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।