प्रधानमन्त्री ओलीले बालमन्दिरको नाममा रहेका जमिन, भवन र सम्पत्तिको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए।
विभिन्न समूहको सडक प्रदर्शनका कारण सवारीसाधनको जाम बढ्दा काठमाडौँको सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक लगायतको क्षेत्र अस्तव्यस्त बनेको छ।
इकाई प्रमुख तेज विक्रम मल्लका अनुसार परम्परागत जातका स्याउका बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिन्छ।
अधिकारकर्मीले निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च गरेका छन्।
अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य उडान पनि केही ‘डिले’ भएका छन्।
सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि निरन्तर पानी परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
गण्डकी सरकारले शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई अस्थायी दरबन्दी रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर तालिम केन्द्रको प्रमुखमा सुदूरपश्चिमबाट काजमा आएका कर्मचारी पठाएको छ।
सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।
दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको छ।
सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेर पोखरी बनेको छ। ठाउँ–ठाउँमा भत्किएर पैदल हिँड्नसमेत सकिने अवस्था छैन।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ।
कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्।
कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा नियुक्ति पाएका दुवै प्रधानाध्यापकको पक्ष-विपक्षमा दिनहुँजसो प्रदर्शन हुँदा पढाइ प्रभावित भएको छ।
आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अरूसँग किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।
पोखरी बचाउने अभियानमा रहेका भागवत प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार बिहान ३: ४७ बजे मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित ८९ जना अधिकृत एकसाथ अवकाशमा जाने भएका छन्।