पहिरोभन्दा माथि रहेको गाउँमा ६१ परिवारको बसोबास छ। पहिरो गाउँतर्फ सर्दै गएपछि खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा छन्। २८ परिवार विस्थापित भइसकेका छन्।
जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता भएका छन्।
कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरले जनाएको छ।
आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह, इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।
सिग्देलले हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन्।
राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा कोदो उत्पादनको परीक्षणका लागि करिब दुई कट्ठा क्षेत्रफलमा नौ जातका कोदो रोपिएको छ।
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो।
मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ।
थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।
मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एक जनाको शव फेला परेको छ।
प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरवलाेकनका लागि सरकारले निवेदन दिएको छ।
बाढीले पुल बगाएपछि आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको खडकदेवी माध्यमिक विद्यालयले जनाएको छ।
सांसदले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाबाट घाइते भएकाको निःशुल्क उपचार तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको सुनुवाइ भदौ १४ गते शुक्रबारबाट थाल्ने गरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।