विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूमध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तलाई आत्मसात् नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका छन्।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा शुक्रबार बिहान शव फेला परेको हो।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।
बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर जीर्णोद्धार सम्पन्न गरी २०७९ भदौ पहिलो साता पशुपति संग्रहालय उद्घाटन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ भने एनसेलले नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ।
बाँकेमा बिहीबार भएको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ।
सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दोस्रोपटक आदेश दिएको दुई महिनापछि गत मंसिरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा फैसला कार्यान्वयन समिति बनाइएको छ। तर समितिको काम सुस्त छ।
उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रहरी अधिकृतको ३० वर्षे सेवा अवधि विवादबारे सरकारको ‘भ्याकेट’मा सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई बोलाउन आदेश गर्दै सुनुवाइका लागि शुक्रबार पेसी तोकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बागलुङमा दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचनाबिना विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्।
दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस राँझामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।