AnonymousUser

Logout

बांग्लादेश घटना: हस्तक्षेप नगर्न भारतलाई ढाका, काठमाडौँ र कोलम्बोबाट खबरदारी

बांग्लादेशमा भएको पछिल्लो घटनालाई सन्दर्भ बनाएर बांग्लादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले संयुक्त रूपमा भारतलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आह्वान गरेका छन्।

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेशका मुख्यमन्त्रीसँग स्पष्टीकरण माग

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारेमा जानकारी माग गरेको छ।

मनसुनयता बाढी–पहिरोमा परी १७० जनाको मृत्यु, ४८ बेपत्ता

जेठ २८ गतेयता मनसुनी वर्षासँगै आएको बाढी, पहिरोलगायतका विपद्बाट चार हजार २९७ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

आर्थिक मन्दीको असर : म्याग्दीमा व्यवसाय दर्ताको तुलनामा खारेजी दर बढ्दो

उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ।

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगी संक्रमण

एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। सोताङ गाउँपालिकामा २७ जनामा संक्रमण देखिएकोमा उनीहरूको ‘ट्राभल हिस्ट्री’ नरहेको कार्यालयको भनाइ छ।

सौर्य एयरलाइन्स दुर्घटना: सवार यात्रुमै अन्योल, के हुन्छ मृतकको बीमा प्रक्रिया? 

‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुका परिवारजन बीमाको अन्योल मात्र होइन, एयरलाइन्सको व्यवहारले समेत दुःखी बनेको बताउँछन्।

काठमाडौँको कमलादीमा भासियो सडक

काठमाडौँ महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ।

उड्नै लाग्दा धावनमार्गबाट फर्काइयो श्री एयरलाइन्सको जहाज

शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको जहाज धावनमार्गमा पुगेर फर्काइएको थियो। केही यात्रुबीच विवाद भएपछि जहाज फर्काइएको श्री एयरलाइन्सले जनाएको छ।

विश्व आदिवासी दिवस मनाइँदै, काेशी प्रदेशमा सार्वजनिक बिदा

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

सर्पको टोकाइबाट बर्दियामा २ बालबालिकाको मृत्यु, १ घाइते

गुलरिया नगरपालिका–१ मा नौ महिनाको बालक मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका ५ नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण

रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बागलुङ पहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला, १ को खोजी जारी

बागलुङको बडिगाडमा पहिरोमा परेर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ भने एक जनाको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रका चौकीमा दरबन्दीअनुसार छैनन् प्रहरी

गाउँका चौकीमा प्रहरी दरबन्दीभन्दा कम छन् भने त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र ट्रंकलाइनको विवरण

‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानून समितिबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ।

बाढीको डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुने गरेको छ। यसबाट बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्। 

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

मधेश प्रदेशका जिल्लामा अनियमित रूपमा पटकपटक बिजुली काटिँदा गर्मीमा सकस भएको अधिकांशको गुनासो छ। बर्दिबासमा त गत साता स्थानीयले एक घन्टा राजमार्ग नै अवरुद्ध गरेर विरोध जनाएका थिए।

बडिगाड पहिरो: ३ बालबालिका अझै बेपत्ता

बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेर सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता भएका छन्।