अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारागाउँ विकास समितिका नाममा रहेको सम्पत्तिको विवरण तथा सञ्चालन तथा सदुपयोग हुने गरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्न नहुने धारणा राखेका छन्।
भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।
सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।
सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकमा पहिरोका कारण नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।
ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
इर्खुवाखोलामा आएको बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा जनजीवन प्रभावित भएको छ।
बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।
मनमोहन सेन्टरको छतबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन्।
फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलितका लागि दलित अभियानले माइतीघरमा प्रदर्शन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी भेटिएका छन्।
राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।
काठमाडौँको कमलादीस्थित सडकमा शुक्रबार वारपार भ्वाङ परेपछि आवागमन ठप्प छ। डेढ महिनाअघि सोह्रखुट्टेमा, अलि पहिले बानेश्वरमा पनि यस्तै भएको थियो।
छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने श्रम मन्त्रालयले जनाएको छ।