AnonymousUser

Logout

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। 

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।

विद्यार्थीलाई डेंगी संक्रमण भएपछि २ विद्यालय बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी संक्रमणले बिरामी हुन थालेपछि ती विद्यालय बन्द गरिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना पक्राउ

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

गिरीबन्धुको ५१ बिघामा न्यायाधीशदेखि इन्जिनियरिङ कलेज र पत्रकार महासंघसम्मका ‘घरजग्गा’

जग्गाका खरिदकर्ता भन्छन्– सरकारले नै जग्गा किनबेच गर्न मिल्ने भनेर कित्ताकाट र अरू प्रकृया अघि बढाएको हो। २० वर्षयता यही जग्गा अनेक चरणमा खरिदबिक्री भइसक्यो। यो काम अहिले आएर कसरी गैरकानूनी हुन सक्छ?

हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन 

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाकाे संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ शव भेटिए

'अहिलेसम्म घटनास्थलमा पाँच शव भेटिएको जानकारी आएको छ, एक जना महिला भन्ने खबर छ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी तीलक भारतीले भने।

अघि बढ्यो २ वर्षदेखि रोकिएको काठमाडौँ–२९को ज्येष्ठ नागरिक भवन निर्माण प्रक्रिया

वडा कार्यालयकै लापरबाहीले दुई वर्षदेखि अलपत्र काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ। 

अनलाइनमार्फत ठगी गर्ने गिरोहका ९ जना हेटौँडाबाट प्रकाउ

हेटौँडा–४ पारिजातपथमा ‘मेडि असिस्ट’ कम्पनी खोलेर अनलाइनमार्फत ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारतीय मूलका ९ जनालाई पक्राउ गरिएको हो। 

बागलुङ पहिरो:  घाइतेलाई अस्पताल पुर्‍याउन कठिन, बेपत्ता ४ जनाको खोजी जारी

निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ।

पहिरोले मुग्लिन–मलेखु सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका सचिवसहित ३ जना पक्राउ

काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द पुरी र कोषाध्यक्ष महेश श्रेष्ठ र व्यवस्थापक ध्रुवराज कार्कीलाई जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

४ जिल्लामा देखियो हैजा, सबैभन्दा धेरै संक्रमित ललितपुरमा 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली र प्युठानका ३० जनामा हैजा पुष्टि भएको छ।

मौसमजन्य विपद्मा परी मंगलबार ११ जनाको मृत्यु, ४ बेपत्ता

मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

भारी वर्षाको सम्भावना रहेका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ।

बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।