यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।
भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
डब्लूएचओले एमपक्सको बढ्दो संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि भएसँगै स्वास्थ्य आपत्कालको घोषणा गरेको छ।
जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी १७५ जनाको मृत्यु र ४९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
अख्तियारले यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।
भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्।
बिहीबार तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।
माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।
बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायतका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।
ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।
जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पुरिएको हो। पहिरोले एउटा घर पनि जोखिममा परेको छ।
सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीय पनि प्रभावित भएको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए।
मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेचन झाले भारतको बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।
२७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।