ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघरमा तनाव

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्। 

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो २ बजेतिर बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा रोकिराखेका बेला ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको थियो।

त्यसपछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका छन्। ट्रकको अगाडिको सिसा फुटेको छ।

उनीहरूले सडकसमेत अवरुद्ध पारेका छन्। जस कारण कारण यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीले रोक्न प्रयास गर्दा स्थानीय र प्रहरीबीच पनि ढुंगा हानाहान भएको छ। अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ।