बिहीबार तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको छ।बिहीबार झन्डै ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर ३०००.८१ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०१ अंकले उकालो लागेर ५३५.५१ मा पुगेको छ। कुल ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँमा कारोबार भयो।
नेप्सेका अनुसार बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन्।
यस्तै, नेपाल फाइनान्स १०, विन्दवासिनी हाइड्रोपावर ७.२२, शुभम् पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन्।
नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
