AnonymousUser

Logout

बाढी पहिरोले मकालुमा २४ घर विस्थापित

संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यक्रम तामझाममै सीमित

तीनै तहले सहयोगदान गर्ने व्यवस्था भए पनि संघीय र प्रदेश सरकारले वास्ता नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनामा पालिकाका जनप्रतिनिधिहरूले चुनौती खेपिरहेका छन्।

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानूनी व्यवस्था गर्न निर्देशन

संसदीय समितिले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन निर्देशन दिएको छ।

इलाममा हट्दै आकासे पानीमाथिको निर्भरता

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।

पर्सा निकुञ्जमा सेना र तस्करबीचको भिडन्तमा १ जनाको मृत्यु 

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। 

दुई वडा अध्यक्षले पाए जलेश्वरको कार्यवाहक प्रमुख र उपप्रमुखको जिम्मेदारी

प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको अवरुद्ध ‍कामकारबाही सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।

पर्सामा मेलमिलापबाट टुंगिए मिटरब्याजसम्बन्धी ९५८ मुद्दा

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

बुटवलको डेल्टा मार्टमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्ण रूपमा क्षति पुगेको छ।

जीबी राईबारे किन बोलिरहेछन् गृहमन्त्री लामिछाने?

पाँच महिनाअघि नै जीबी राई मलेसियामा रहेको निर्क्योल भएपछि डिफ्युजन नोटिस जारी गरेर प्रहरीले पत्राचारसमेत गरेको थियो। बिहीबार गृहमन्त्रीले त्यसैलाई ‘खुलासा गरेर’ के गर्न खोजे?

माओवादी केन्द्रको कारबाहीविरुद्ध सांसद देवकोटाको सर्वोच्चमा रिट

गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूमाथि माओवादी केन्द्रले गरेको कारबाही गैरकानूनी भएको दाबी गर्दै कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश माग गरेका छन्।

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन्।

सञ्चालनमा आए सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन

प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।  

फेवाताल किनारको ६५ मिटरभित्रका संरचना नहटाउन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

फेवाताल किनारस्थित रत्नमन्दिर र हिमागृह बीचको क्षेत्रमा ६५ मिटर मापदण्डभित्रका संरचना नहटाउन माग गर्दै २२ जना स्थानीयले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

स्पष्ट नीति नहुँदा बालिग पनि राख्न बाध्य बाल संगठन

असहाय बालबालिकालाई संरक्षण दिन खोलिएको बाल संगठनमा अहिले १९ जना बालिगले आश्रय लिइरहेका छन्। अपांगता भएका उनीहरूलाई व्यवस्थापन गर्ने स्पष्ट नीति नबन्दा बाल संगठनले नै जिम्मेवारी लिनुपरेको छ। 

बाढीले पुल बगाएपछि संखुवासभामा आवागमन ठप्प

संखुवासभाको मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ।

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

वर्षा शुरू भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए।

बागमतीका ६ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको, ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले बताए।