AnonymousUser

Logout

काठमाडौँ शहरको ऐतिहासिक समयसूचक घण्टाघर: अब कसले बचाउला!

घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि चासो देखाएका छैनन्।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो।

पशुपतिको भेटी चोरीका ५ आरोपित पुर्पक्षका लागि कारागार चलान 

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ।

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। 

प्रवक्तालाई नै सूचनाप्राप्तिमा चुनौती

संघीय मन्त्रालयका अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन्।

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप २ जना पक्राउ

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको सीआईबीले जनाएको छ।

ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा ४ जना पक्राउ

सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरको नीति तथा कार्यक्रममा आयोजना र श्रम बैंक

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ।

स्वदेश र परदेशमा थरी थरीका ‘भ्यु टावर’ (तस्वीर–कथा)

संसारका कुनै पनि शहरको गगनचुम्बी भवनअगाडि खुला खेत, गाइबाख्रा चरिरहेको  दृश्य, परालको थुप्रो आदि देख्न पाइँदैन!

रहरले थालेको बाख्रापालन बीउको स्रोतकेन्द्र बन्यो

म्याग्दीका धनबहादुरले १३ वर्षअघि वैदेशिक रोजगारीलाई छाडेर स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए। अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्।

ताप्लेजुङमा बाढी पहिरोबाट ८१ परिवार विस्थापित

बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

अफगानी शरणार्थीलाई गृह मन्त्रालय भन्छ– ‘जुन देशबाट आयौ त्यतै जानू’

नेपालमा एक दशकदेखि शरणार्थीका रूपमा बसिरहेका अफगानी नागरिक मोहमद दाउद होसाइनीलाई गृह मन्त्रालयले पुनर्बासका लागि तेस्रो देश क्यानडा जान ‘एक्जिट पर्मिट’ नदिएपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।

महांकाल मन्दिर परिसरका पसल जेठ ८ भित्र खाली गर्न महानगरको ताकेता

वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।

पहिरोले मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मीखण्ड अवरुद्ध

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। 

झापामा बाढीले १८ घर प्रभावित, ९ परिवारलाई सुरक्षित स्थानान्तरण

सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी?

सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।

६० मेगावाटको कुलेखानीबाट २० मेगावाट मात्र विद्युत् उत्पादन

विद्युत् आपूर्ति सन्तुलन गर्न, विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

व्यवसायजन्य सुरक्षाको जोखिममा श्रमिक, नीतिगत व्यवस्थाको अभाव

देशको राजधानीमा काम गर्ने श्रमिक नै व्यवसायजन्य सुरक्षाका साथै न्यूनतम खर्च धान्न पुग्ने पारिश्रमिकबाट समेत वञ्चित भइरहँदा अन्य भागमा काम गरिरहेका मजदुरको अवस्था झनै चुनौतीपूर्ण छ।