मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ।
सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।
‘शक्ति केन्द्र’ले रोजेको उम्मेदवारलाई नियुक्ति दिन सहज हुने गरी सरकारले मापदण्ड हेरफेर गर्ने क्रम २०७५ सालयता चौथो पटक दोहोरिएको छ। जेठ २२ गते सरकारले दरखास्त आह्वान गरेपछि पछिल्लो तथ्य बाहिरिएको हो।
घोराही उपमहानगरपालिकाको न्यायिक समितिले न्यायिक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानूनी साक्षरता अभियानलाई अगाडि बढाएको छ।
सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताएकी छन्।
अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको सडक कार्यालयले जनाएको छ।
बेनी बजारबाट मंगला गाउँपालिका–२ सिमसम्म १२.५ किलोमिटर कालोपत्र गरिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।
काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशले खेलकुदतर्फ साहसिक, मनोरञ्जनात्मक, परम्परागत र वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
ढिकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँ–गाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका १९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।
भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?
निर्माण अधुरो राख्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुललगायत प्रक्रिया पूरा नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार र सोमबार गरी १७ सामुदायिक विद्यालयले बहालमा लगाएका २३६ वटा सटरमा ताला लगाएको छ।
सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ।