AnonymousUser

Logout

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ।

कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १३ खच्चडको उद्धार हुँदै

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६  खिड्किजिउला जोडने झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिएर जाली लत्रिएको हो। 

ठेकेदारले काम छाडेपछि भगवानपुर गाउँपालिकाको भवन अलपत्र

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि भवन अलपत्र परेको हो। वनको लागत ११ करोड ५८ लाख रुपैयाँमा रहेको छ। 

कालीगण्डकी करिडोरः फलेवास–अर्मादीखण्ड निर्माणमा ढिलासुस्ती

फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७३ असारमा सम्झौता भएको थियो। २०७५ जेठमा सम्पन्न गर्नुपर्ने  काम अझै पूरा भएको छैन। 

राष्ट्रिय कृषक दिवस मनाइँदै, कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड

महासंघले २०७० सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको छ। यस अवसरमा कृषि पेसा र कृषकको प्रोत्साहन तथा सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ। 

गृहसँग सम्बन्धित कानून र कागजात एकै स्थानमा उपलब्ध हुने

दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत हालसम्मका परिपत्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।

पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेका छन्।

जरबेरा फूलखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै गुण्डुका किसान

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेका छन्।

स्थानीयले संरचना हटाउन आनाकानी गर्दा मुग्लिन–पोखरा सडकको काममा विलम्ब

सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ‍।

जीर्ण विद्यालय भवनमा पढ्न बाध्य छन् विद्यार्थी

नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।

नारायणघाट–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

गोसाईंकुण्डमा शुरू भयो १० दिने मेला

चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि शुक्रबारसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

अतिक्रमित जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयको पहल

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए।

यसवर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र

पहिलो खण्डको काम सम्पन्न गर्न शुरूमा ३९ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएकामा अहिले लागत बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको इन्जिनियर ढकालले जानकारी दिए।

गृह मन्त्रालय सुधारको खाका बनाउन गठित अध्ययन समितिले बुझायो प्रतिवेदन

पूर्वमुख्यसचिव लीलामणि पौडेल नेतृत्वको समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समेटेर प्रतिवेदन पेश गरेको छ।

गाँजाखेतीबारे के भन्छन् नीतिनिर्माता र विज्ञ?

काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए।

पश्चिम क्षेत्रको मौसमी राडार २ वर्षदेखि बन्द

दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटा बताउँछन्।

पहिरोले पुरिँदा ‘लोडर’ चालकको मृत्यु

निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।

सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यविपरीत प्रयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

लेखा समितिले सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यभन्दा फरक रूपमा प्रयोग भएकोप्रति ध्यानाकर्षण जनाउँदै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ।

बजेट अभावले रोकियो वीरगन्ज–रक्सौल जोड्ने सडक

बजेट अभावको कारण देखाउँदै वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजतजयन्तीचोकको निर्माण कार्य अघि बढाइएको छैन।